anta-sah

राजविराज । असोज २ गते हुन गई रहेको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बिच प्रदेश नं. २को निर्वाचनमा चूनावी तालमेल भएको छ ।
उक्त चूनावी तालमेल अन्तर्गत नयाँ शक्ति पार्टी र नेकपा संयुक्तको सप्तरी जिल्ला समितिको संयुक्त बैठक बाट राजविराज नगर पालिकामा सहकार्यमा निर्वाचनमा उम्मेदवारी दिने सहमति भएको जनाईएको छ ।
नयाँ शक्ति पार्टी र नेकपा संयुक्तको सप्तरी जिला समितिको मंगलबार भएको संयुक्त बैठकबाट राजविराज नगर पालिकाको प्रमुख र उप–प्रमुखको पदमा सहमति भएको छ । राजविराज नगर पालिकाको प्रमुखमा साबिक राजविराज ३, हाल राजविराज ४ की अवकाश प्राप्त प्राचार्य तथा मैथिल महिला परिषदकी संस्थापक अध्यक्ष मीना ठाकुर नयाँ शक्ति पार्टीबाट र राजविराज नगर पालिकाको उप–प्रमुखमा साबिक राजविराज ७ हाल राजविराज ६का व्यावसायी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, राजविराज जेसीजका पूर्व अध्यक्ष तथा सप्तरी उद्योग बाणिज्य संघका महासचिव श्री अनन्त लाल साहले नेकपा संयुक्तबाट उम्मेदवारी दिने सहमति भएको पार्टीले जारी गरेको बिज्ञप्तिमाउल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको