सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट प्रमुख पदको उम्मेदबार माथी दावी विरोध परेका छन ।
राष्ट्रिय जनता पार्टीबाट प्रमुख पदमा उम्मेदवारी दिएकी बिमला देवी यादवले नयाँ शक्ति पार्ति बाट प्रमुख पदका उम्मेदबार सूर्यनारायण मण्डल र उनकै छोरा तेजनारायण मण्डलमाथि दावी विरोध गरेकी हुन् । २०५५ सालको फौजदारी नम्वर ५१, हातहतियार खरखजाना मुद्दामा ६ महिना कैद र पाँच हजार पाँच पाँच सय जरिवाना गरेको दावी गरेकी छिन् । यसैगरी उनकै छोरा तेजनारायण मण्डलले स्वतन्त्रबाट प्रमुखमा दिएको उम्मेदवारीप्रति गाविसको कार्यालय छिन्नमस्ता आ.व. २०६७ र०६८ को लेखापरीक्षणबाट निजको जिम्मा पेश्की बेरुजु २ लाख ५० हजार रहेको राजपाकी उम्मेदवार बिमला देवीले दावी गरेकी छिन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा १६ जना उप–प्रमुखमा ९ जना चुनावी मैदानमा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
