राजविराज । सप्तरीको कंचनरुप नगरपालिका –८ मा राजपाका वडा अध्यक्षको उम्मेदबारले काँग्रेसका वडा अध्यक्ष उम्मेदबारलाई समर्थन गरेको छ ।
काँग्रेसका महाधिबेशन प्रतिनिधी उमेश मिश्र र जिल्ला सचिव रामकुमार यादबको पहलमा राजपाका उम्मेदबार रामभरोसी गुप्ताले काँग्रेसका उम्मेदबार पशुपति दासलाई समर्थन गरेको जनाईएको छ । उम्मेदबारी फिर्ताको कार्यक्रम शुक्रबार भए पनि बिहिबारनै उम्मेबारी फिर्ता पत्रमा हस्ताक्षर गरी समर्थन गरेको छ ।
नगरपालिको अन्य वडाहरुमा पनि समर्थन गराउन प्रयास जारी रहेको काँग्रेसका जिल्ला सचिव यादवले जानकारी दिए ।