राजविराज–सप्तरीको विभिन्न गाउँपालिका तथा नगरपालिकाका अपाङ्गता भएका बालबालिकाहरुलाई एक विदेशी संस्थाले शुक्रबार राहत वितरण गरेको छ ।
दक्षिण कोरियाका संस्था म्यान भर्सेस बुमन रिलोडेड सिजन श्री दक्षिण कोरिया परिवारले अपाङ्ग संघ सप्तरी तथा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको समन्वयमा उक्त राहत वितरण गरिएको हो ।
बाढी पीडित परिवार तथा अपाङ्गता भएका ३५ जना बाढी पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री एवं कपडा राहत स्वरुप वितरण गरिएको संस्थाले जनाएको छ ।
राहत वितरणमा दक्षिण कोरियाबाट प्रिन्स बोहरा, विक्रम पौडेल र अनुप केसी सहभागि थिए भने नेपाल बाट नवराज कलौनिले राहत वितरणको संयोजन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost