सिराहा । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले एमाले र मधेसी मोर्चा मिती सकिएका औषधी जस्तै भईसकेकाले यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताउँनूहूँदै छिटो भन्दा छिटो यिनीहरूलाई मधेसबाट बिदा गर्नूपर्ने बताउँनूभएको छ।
डा कोईरालाले एमालेको नक्कली राष्ट्रबाद र मधेसी मोर्चाको उग्रमधेसबादको नाराले तराई-मधेस र पहाडका बिचमा सामाजिक सदभाव बिथोलेर देशलाई जातिय द्धन्द तर्फ लैजान लागेको बताउँनूहूँदै एमाले र मधेसी मोर्चाको भ्रमबाट मूक्त हून मधेसी जनतालाई आग्रह गर्नूभयो।
नेपाली काँग्रेस सिराहा नगर समितिले सिराहाको सन्हैठामा आयोजना गरेको चूनावी सभालाई संबोधन गर्नूहूँदै डा कोईरालाले मधेसी जनताको पहिचान,पहूँच र प्रतिनिधित्वको मूद्दालाई नेपाली काँग्रेसले मात्रै मधेसको समस्या समाधान गर्न सक्ने बताउँनूभयो।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय कोषाध्यक्ष सितादेबी यादव लगायतले आफ्नो धारणा राख्नूभएको थियो।