सप्तरी । राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रीकका नेतृ लक्ष्मी चौरसीयाले राजविराज नगरपालिकालाई नमूना नगरपालिका बनाउनलाई आफु उप–मेयरपदमा उमेदबारी दिएको बताईन । राजविराज सहर २०१६ सालमै नगरपालिका बनेको तर अहिले सम्म त्यसलाई पुर्णरुपले कसैले बिकास गर्न नसकदा आफु बाध्य भएर उप मेयर पदका लागि उमेदबकारी दिएको बताईन । व्यपार पेसाम लागेकोले आफुलाई राजनितीमा जाने मन नभएपनि परिस्थितीले आफुलाई रानितिमा धकेलेको उनले बताईन ।
उनले नेपालकै शानको रुपमा रहेको यो शहर नमूना बनाउन आफुलाइृ जनताले जिताउनु आबश्यक रहेको बताईन । युबा जमातलाई नेताहरुले प्रयोग गरी ठकिएकै कारण आफुलाई राजनितीमा आउनु परेको बताईन । उनले भनिन आफु संग युबा र महिला जमात रहेका कारण आफनो जित सुनिश्त रहेको छ ।
म र मेरै पार्टीबाट मेयर पद्मा उम्मेदबारी दिएका शैलेन्द्र साहले पनि युबाको भविष्यको लागि सोचिरहेको बताईन । उनले जित पश्चात राजविराज नगरपालिकामा युबाको लागि आबश्यक जोरगारी सहितको प्रविधीक शिक्षालयको स्थापन देखी सांगीतिक शिक्षालय समेत खोल्ने इच्छा व्यक्त गरिईन ।
उनले अनलाईन मार्फत भनिन म अनुरोध गर्न चाहन्छु की मलाई आफनो अमुल्य मत दिएर जिताउनुस् । म तपाईहरुको लागि काम गर्छु । महिलाहरुमा विशेष अनुरोध छ की महिलाहरु मलाई मत दिनुस् । म खास गरि युवा महिला र बालबालिकाको हकमा कार्य गर्नेछु । महिलाको हक अधिकारको लागि निरन्तर रुपमा लागी पर्नेछु । म महिलाहरुको लागि नै केहि गर्ने भनेर यो जिम्मेवारीको लागि तयार भएको छु । मलाई एक पटक अवसर दिएर हेर्नुस राजविराजलाई स्वच्छ, युवा , महिला मैत्री शहरको रुपमा विकास गर्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको