
सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकका मेयरपद्का उम्मेदबार शैलेन्द्र कुमार साहले नर्क पालिकालाई नगरपालिका बनाउनु पर्ने बताएको छ ।
आज राजविराजमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै साहले राजविराज नगरपालिका २०१६ सालमा स्थापना भएको नगरपालिका हो , तर यसलाई अहिले सम्म कसैले ध्यान नदिएकाले नर्क बनेको बताए । उनले युवा जमाले हामीलाई सहयोग गरे यस नगरपालिका लाई केही समय भित्रै स्बर्ग वनाई दिने प्रतिबद्धता समेत ब्यक्त गरे ।
उनले नेताहरुले धेरै प्रतिबद्धता गरे तर राजविराज नगरपलिका जस्ताको त्यस्तै छ । धेरै सांसद भए धेरै मन्त्री भए तर राजविराजलाई नर्क बनाएर गए , जनताले एक पटक मैका दिए आफु राजविराजलाई स्माट सिटी बनाउने समेत हाम्रो योजना रहेको बताए । उनले राजविराजमा निस्वर्थ भावना बाट काम गर्ने नेताको कमी भएका कारण आफनो उम्मेदबारी परेको र यसमा जनताले मुल्याङमन गरे निस्वार्थ तरिका बाट सेबा गर्ने बताए । उनले आफनो बारेमा जनताले थहा पाएर मात्र भोट हाल्न आग्रह समेत गरे ।
नेताहरुले अहिले सम्म युबाहरु ठगेको आरोप समेत लगाए । उनले युवाहरुलाई नेताहरुले प्रयोग गररे आफु अनुकुल प्रयोग गरेका कारण युवालाई साथ दिन मेरो उम्मेदबारी अग्रपंतिमा दर्ता भएको थियो । युवा जमात आफुसंग रहेको अन्य युवा पनि अफुलाई साथ दिने आशा रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणा , जिल्ला अध्यक्ष उमदेश्वर प्रसाद साहले राजविराजलाई विकास गर्न साहकै पक्षमा मतदान गर्न समेत अग्रह गरे ।