राजविराज स्थानीय तह निर्वाचन २०७४

संतोष चौधरी
संघीय शासन प्रणाली लागू भएपछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ मा राजविराज नगरपालिकाको नेतृत्व मधेशवादी दलको हातमा पुगेको छ ।
राजविराज नगरपालिकाका नगर प्रमुख र उपप्रमुख पदमा राष्ट्रिय जनता पार्टीका शम्भु प्रसाद यादव र साधना झा निर्वाचित भएका छन् ।
१८ सदस्यीय नगरपालिका बोर्डमा मधेशवादी दलहरूबाट मेयर, उपमेयरका साथ ९ जना वडाध्यक्ष निर्वाचित भएका छन् । राजपाका ५ जना र संघीय समाजवादी फोरमका ४ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।
मेयर, उपमेयर, १६ वडाध्यक्षका अतिरिक्त १ महिला सदस्य, १ दलित महिला सदस्य र २ पुरुष सदस्य गरी प्रत्येक वडाबाट निर्वाचित भएका ४ जना सदस्यका दरले ६४ जनासमेत ८२ जनाको स्थानीय व्यवस्थापिका गठन भएको छ । स्थानीय तहमा १ जना वडाध्यक्ष र २ जना सदस्य मनोनीत हुने व्यवस्था अनुसार राजविराज नगरसभा ८५ सदस्यीय हुनेछ ।
राजविराज नगरसभामा राजपाका मेयर, उपमेयर, ५ वडाध्यक्ष, ५ महिला सदस्य, ५ दलित महिला सदस्य र ११ पुरुष सदस्य गरी कुल २८ जना निर्वाचित भएका छन् । नगरसभामा फोरमका ४ वडाध्यक्ष, ५ महिला सदस्य, ५ दलित महिला सदस्य र १० पुरुष सदस्य गरी कुल २४ जना निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक फोरमका १ महिला सदस्य, १ दलित महिला सदस्य र १ पुरुष सदस्य गरी कुल ३ जना निर्वाचित भएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्र ४ वडाध्यक्ष र २ महिला सदस्य, २ दलित महिला सदस्य र ४ पुरुष सदस्य गरी कुल १२ जना सदस्यका साथ राजविराज नगरसभामा प्रवेश गरेको छ । नेपाली कांग्रेसको १ वडाध्यक्षसहित २ महिला सदस्य, ३ दलित महिला सदस्य र ४ पुरुष सदस्य गरी कुल १० जना नगरसभामा निर्वाचित भएका छन् । नेकपा एमालेबाट १ महिला सदस्य र २ पुरुष सदस्य गरी कुल ३ जना नगरसभाका लागि निर्वाचित भएका छन् । एमालेबाट दलित महिला सदस्य निर्वाचित भएको छैन ।
वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र पुरुष सदस्य (२ जना) समेत ५ जनाको वडा समितिको १६ वडाको निर्वाचनमा ९ वटा वडामा कुनै एउटै दलको सेट निर्वाचित भएको छ भने ७ वटा वडामा विभिन्न दलका सदस्यहरू निर्वाचित भएका छन् । राजपा र माओवादीले ३÷३ वटा वडामा आआफ्नो सेट निकालेका छन् भने फोरमले २ वटा वडा र कांग्रेसले १ वटा वडामा आआफ्नो सेट निकालेका छन् । यस्तै ४ वटा वडामा २ वटा दलको, २ वटा वडामा ३ वटा दलको र १ वटा वडामा ४ वटा दलको सदस्यहरू निर्वाचत भएका छन् । राजपाले वडा नं. ९, १४ र १६ मा, माओवादीले वडा नं. ४, ८ र ११ मा, फोरमले वडा नं. १३ र १५ मा र कांग्रेसले वडा नं. ५ मा आआफ्नो सेट निकालेका हुन् । राजपा र फोरमले वडा नं. १, २ र १२ र राजपा र एमालेले वडा नं. १० मा संयुक्त परिणाम निकालेका छन् । वडा नं. ३ मा स्वतन्त्र, राजपा र कांग्रेसले र वडा नं. वडा नं. ६ मा माओवादी, लोकतान्त्रिक र कांग्रेसले संयुक्त परिणाम निकालेका छन् । यस्तै वडा नं. ७ मा स्वतन्त्र, राजपा, कांग्रेस र एमाले गरी ४ वटा दलको मिश्रण देखिएको छ । राजपाको ९ वटा वडामा, फोरमको ६ वटा वडामा, माओवादी र कांग्रेसको ४÷४ वटा वडामा, एमालेको २ वटा वडामा र लोकतान्त्रिकको १ वटा वडामा उपस्थिति देखिएको छ ।
वडा नं. १ मा राजपाको वडाध्यक्ष, १ पुरुष सदस्य र एक महिला सदस्य तथा फोरमको १ पुरुष सदस्य र दलित महिला सदस्य निर्वाचित भएका छन् । वडा नं. २ मा फोरमको वडाध्यक्ष, २ पुरुष सदस्य र महिला सदस्य तथा राजपाको दलित महिला सदस्य निर्वाचित भएका छन् । वडा न.. ३ मा स्वतन्त्र वडाध्यक्ष, राजपाको १ पुरुष सदस्य र कांग्रेसको १ पुरुष सदस्य, महिला सदस्य र दलित महिला सदस्य निर्वाचित भएका छन् । वडा न. ४ मा माओवादीको वडाध्यक्ष र सबै सदस्यहरु निर्वाचित भएका छन् । वडा नं. ५ मा कांग्रेसको वडाध्यक्ष र सबै सदस्यहरु निर्वाचित भएका छन् । वडा नं. ६ मा माओवादीको वडाध्यक्ष र लोकतान्त्रिकको १ पुरुष, महिला सदस्य र दलित महिला सदस्य र कांग्रेसको १ पुरुष सदस्य निर्वाचित भएका छन् । यस वडामा लोकतान्त्रिकका वडाध्यक्ष उम्मेदवार मात्र ८ मतले पराजित भएका छन् । वडा नं. ७ मा स्वतन्त्र वडाध्यक्ष, राजपाको १ पुरुष सदस्य, एमालेको १ पुरुष सदस्य र कांग्रेसको दलित महिला सदस्य निर्वाचित भएका छन् । वडा नं. ८ मा माओवादी सेट, वडा नं. ९ र १० मा राजपाको सेट निर्वाचित भएको छ । वडा नं. ११ मा वडाध्यक्ष माओवादीको र सबै सदस्य फोरमको निर्वाचित भएको छ । वडा नं. १२ मा राजपाको १ पुरुष र फोरमको वडाध्यक्ष र अरु सबै सदस्य निर्वाचित भएका छन् । वडा नं. १३ र १५ मा फोरमको पुरै सेट निर्वाचित भएको छ भने वडा नं. १४ र १६ मा राजपाको पुरै सेट निर्वाचित भएको छ ।
राजविराज नगरपालिका नगरसभा निर्वाचन २०७४
प्रमुख ः    शम्भु प्रसाद यादव (राजपा)
उपप्रमुख ः साधना झा (राजपा)
वार्ड नं. १ ः
वडाध्यक्ष ः चन्द्रशेखर चौधरी (राजपा),
पुरुष सदस्य ः शिवनन्दन सिंह (राजपा)
पुरुष सदस्य ः खेलानन्द यादव (फोरम)
महिला सदस्य ः बोधादेवी यादव (राजपा)
दलित महिला सदस्य ः चनर कुमारी राम (फोरम)
वार्ड नं. २
वडाध्यक्ष ः अरुण कुमार यादव (फोरम)
पुरुष सदस्य ः हरि ना. देव वैश्य (फोरम)
पुरुष सदस्य ः रियाज उद्दीन खाँ (फोरम)
महिला सदस्य ः आशा देवी झा (फोरम)
दलित महिला सदस्य ः लक्ष्मी देवी साफी (राजपा)
वार्ड नं. ३ ः
वडाध्यक्ष ः सुदर्शन प्रसाद सिंह (स्वतन्त्र)
पुरुष सदस्य ः फुर्खान अहमद खाँ (राजपा)
पुरुष सदस्य ः सुशील कुमार गुप्ता (कांग्रेस)
महिला सदस्य ः शान्तिदेवी चौधरी (कांग्रेस)
दलित महिला सदस्य ः सोनी कुमारी रजक (कांग्रेस
वार्ड नं. ४ ः
वडाध्यक्ष ः अख्तर अलि (माओवादी)
पुरुष सदस्य ः रोशन (माओवादी)
पुरुष सदस्य ः महावीर दास (माओवादी)
महिला सदस्य ः आशादेवी सोनारनी (माओवादी)
दलित महिला सदस्य ः डोमनी साफी (माओवादी)
वार्ड नं. ५ ः
वडाध्यक्ष ः समीर कुमार झा (कांग्रेस)
पुरुष सदस्य ः पार्थो सरकार (कांग्रेस)
पुरुष सदस्य ः गंगासागर गुप्ता (कांग्रेस)
महिला सदस्य ः संगीता कुमारी कर्ण (कांग्रेस)
दलित महिला सदस्य ः सीमा कुमारी रजक (कांग्रेस)
वार्ड नं. ६ ः
वडाध्यक्ष ः प्रेम कुमार यादव (माओवादी)
पुरुष सदस्य ः बद्री नारायण यादव (लोकतान्त्रिक)
पुरुष सदस्य ः राज कुमार चौधरी (कांग्रेस)
महिला सदस्य ः चनादेवी सदा (लोकतान्त्रिक)
दलित महिला सदस्य ः गंगिया देवी (लोकतान्त्रिक)
वार्ड नं. ७ ः
वडाध्यक्ष ः मांगी लाल नाई (स्वतन्त्र)
पुरुष सदस्य ः रुन्दी यादव (राजपा)
पुरुष सदस्य ः आशाराम यादव (एमाले)
महिला सदस्य ः केश्वरीदेवी यादव (एमाले)
दलित महिला सदस्य ः असियाबतीदेवी विश्वकर्मा (कांग्रेस)
वार्ड नं. ८ ः
वडाध्यक्ष ः जय नारायण मंडल (माओवादी)
पुरुष सदस्य ः सुरेन्द्र कुमार कर्ण (माओवादी)
पुरुष सदस्य ः मोहन कुमार यादव (माओवादी)
महिला सदस्य ः रीतादेवी दास (माओवादी)
दलित महिला सदस्य ः संगीता परियार
वार्ड नं. ९ ः
वडाध्यक्ष ः शम्भु प्रसाद यादव (राजपा)
पुरुष सदस्य ः चन्दर यादव (राजपा)
पुरुष सदस्य ः भुपेन्द्र यादव (राजपा)
महिला सदस्य ः रोकसाना खातुन (राजपा)
दलित महिला सदस्य ः रेखादेवी मंडल (राजपा)
वार्ड नं. १० ः
वडाध्यक्ष ः सुशील कुमार दास (राजपा)
पुरुष सदस्य ः इन्दर खंग (राजपा)
पुरुष सदस्य ः महन्थी यादव (एमाले)
महिला सदस्य ः गिरिजा कुमारी यादव (राजपा)
दलित महिला सदस्य ः कारोदेवी सदा (राजपा)
वार्ड नं. ११ ः
वडाध्यक्ष ः संजय कुमार यादव (माओवादी)
पुरुष सदस्य ः दशरथ यादव (फोरम)
पुरुष सदस्य ः बज्र नारायण यादव (फोरम)
महिला सदस्य ः अमली देवी यादव (फोरम)
दलित महिला सदस्य ः प्रभादेवी सदा (फोरम)
वार्ड नं. १२ ः
वडाध्यक्ष ः हरिहर यादव (फोरम)
पुरुष सदस्य ः शिव नारायण यादव (राजपा)
पुरुष सदस्य ः लक्ष्मण मंडल (फोरम)
महिला सदस्य ः ससितादेवी साह (फोरम)
दलित महिला सदस्य ः शुभकला रजक (फोरम)
वार्ड नं. १३ ः
वडाध्यक्ष ः राजेन्द्र प्रसाद यादव (फोरम)
पुरुष सदस्य ः कृष्णदेव यादव (फोरम)
पुरुष सदस्य ः जग नारायण यादव (फोरम)
महिला सदस्य ः अनिलादेवी चौधरी (फोरम)
दलित महिला सदस्य ः बुधनीदेवी राम (फोरम)
वार्ड नं. १४ ः
वडाध्यक्ष ः शोभा लाल मंडल (राजपा)
पुरुष सदस्य ः अभिनन्दन मंडल (राजपा)
पुरुष सदस्य ः दाना लाल साह (राजपा)
महिला सदस्य ः कोशिलादेवी मंडल (राजपा)
दलित महिला सदस्य ः शान्तिदेवी सदा (राजपा)
वार्ड नं. १५ ः
वडाध्यक्ष राम प्रसाद यादव (फोरम)
पुरुष सदस्य ः चन्द्रप्रकाश साह (फोरम)
पुरुष सदस्य ः सलिम मियां (फोरम)
महिला सदस्य ः भुटनदेवी मंडल (फोरम)
दलित महिला सदस्य ः फुदनीदेवी राम (फोरम)
वार्ड नं. १६ ः
वडाध्यक्ष ः बुचाई दास (राजपा)
पुरुष सदस्य ः उसमान मियां (राजपा)
पुरुष सदस्य ः रामकिसुन मंडल (राजपा)
महिला सदस्य ः सीतादेवी मंडल (राजपा)
दलित महिला सदस्य ः जलेश्वरीदेवी मोची (राजपा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको