
सप्तरी १५ असोज । सप्तरीको कोइलाडी तिलाठि गाउँ पालिकाका सिमा बचाउ अभियानमा लागेका स्थानिय नेता देव नरायण यादव र उनका छोरा अजय कुमार यादवलाई भारतीय प्रहरीले आज कारागार पठाईएको छ ।
स्थानियका अनुसार दशगज्जा क्षेत्रमा रहेको आर्दश ग्राम पंचायतमा सांकृतिक कार्यक्रम हेर्न गएका उनका छोरा अजयलाई रक्सी खाएर होहल्ला गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेपछि छुटाउन गएका बाबु देव नरायण लाई समेत पक्राउ गरि भारतका विहार अन्तरगत रहेका सुपौलको विरपुर जेल चलान गरेको सप्तरीका प्रहरीले जनाईएको छ ।
यादव गत बर्ष भारतीय सुरक्षाकर्मीहरुले दशगज्जा क्षेत्रमा एकतर्फी रुपले बाध बाधिरहेको बखत भातीय संग भिडत गरी बाध बाधन दिएको थिएनन । त्यती बेला नेपाल सरकारले उनको उपचार खर्च संगै सच्चा राष्ट्रियबादीको रुपमा सम्मान पत्र समेत दिएको थियो । जेल चलान गर्नु भारतीय प्रहरी संग पुरानो रिसिबी हुन सक्ने अनुमान गरिएको छ ।