संयुक्त राज्य अमेरिकाको लास भेगसमा आयोजित खुला सांगीतिक कार्यक्रममा गोली प्रहारबाट कम्तीमा ५० जनाकाे मृत्यु भएको छ ।
विविसीका अनुसार, सांगीतिक कार्यक्रम चलिरहेका बेला एकजना बन्कदुधारीले अन्दधुन्द गोली प्रहार गरेका थिए । उक्त घट्नामा ४ सयभन्दा बढी घाइते भएका छन् । स्थानीय अस्पतालका अनुसार, घाइतेमध्ये १४ जनाकाे स्थिति गम्भीर रहेको छ ।
बन्दुकधारी उक्त शहरकै स्थानीयवासी ६४ वर्षीय स्टिभन प्याडक भएको जनाएको छ । अन्तर्राष्टिय समाचार एजेन्सीका अनुसार, बन्दुकधारीले खुला सांगीतिक कार्यक्रममा नजीकै रहेको होटेल तथा क्यासिनोको ३२औं तलाबाट गोली प्रहार गरेका थिए ।
बन्दुकधारीका बारेमा विभिन्न मिडियाले फरक फरक तथ्य सार्वजनिक गरेका छन् । कुनै मिडियाले बन्दुकधारीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन् भनेका छन भने, कुनै समाचार एजेन्सीले दर्जनौंलाई गोली हानेर मारेपछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेकाे उल्लेख गरेका छन् ।
अमेरिकाको इतिहासमा यो घटनालाई सबभन्दा क्रुर भनेर भत्सना गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा मारिनेहरुप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
तस्बर : बिबिसी हिन्दीबाट