• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

चिनियाँ राजदूत होङको सक्रियता बढ्यो

चिनियाँ राजदूत होङको सक्रियता बढ्यो

काठमाडौं,  २३ असोज। नेपालले भन्दा पहिला भन्सार, अध्यागमन र सीमा सुरक्षाका लागि भवन निर्माण थालेर कोरला नाका सञ्चालन गर्ने कूटनीतिक संकेत दिएको उत्तरी छिमेकी मुलुक चीनका राजदूत यु होङ भन्सार नाकाको निरीक्षण र माथिल्लो मुस्ताङका नेपाली जनप्रतिनिधिसँग छलफल गर्न सोमबार लोमान्थाङ जाने भएकी छिन् । त्यसका लागि उनी आइतबार नै जोमसोम पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सुरक्षा स्रोतका अनुसार राजदूत होङ आज सोमबार बिहान माथिल्लो मुस्ताङको केन्द्र लोमान्थाङ पुग्ने कार्यक्रम छ । उनी त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । स्रोतका अनुसार राजदूत होङले भ्रमणको क्रममा लोमान्थाङ क्षेत्रमा चीन सरकारले वितरण गरेको सोलार (सौर्य) विद्युत्को पनि अवलोकन गर्ने कार्यक्रम छ । अत्यधिक हावा चल्ने माथिल्लो मुस्ताङमा तलबाट लगेको जलविद्युत्भन्दा सोलारको विद्युत् नै भर पर्दो माध्यम बनेको छ ।

स्रोतका अनुसार राजदूत होङले लोमान्थाङ बजारमा रहेको गुम्बाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणपछि राजदूत होङले गत वैशाखमा निर्वाचित नेपाली जनप्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । भारत, बेलायतलगायतका देशका नेपालस्थित राजदूत र अन्य कर्मचारीहरुले माथिल्लो मुस्ताङको भ्रमण र त्यहाँ सहयोग बढाउनथालेपछि चीनले माथिल्लो मुस्ताङको गतिविधिलाई सूक्ष्म तरिकाले हेरिरहेको छ । एसिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत होङ चिनियाँ वरिष्ठ कूटनीतिज्ञ पनि हुन् । उनी २०७३ साल कात्तिक २२ गते नेपालमा राजदूत पद सम्हाल्न आएकी थिइन् ।

भारतले नाकाबन्दी लगाएको बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लोमान्थाङको कोरला नाका सञ्चालनलाई उच्च प्राथमिकता दिए पनि अहिलेसम्म नेपालले भन्सार, अध्यागमन र सुरक्षा निकायको कार्यालय कहाँ निर्माण गर्ने तय गर्नसकेको छैन । चीनले आफ्नो भूमिमा भन्सार, अध्यागमन र सुरक्षाकर्मीका लागि विशाल भवन निर्माण सुरु गरे पनि नेपालतर्फको भाग सुनसान छ । नेपालतर्फ ११ मिटरको सडक निर्माण थालिए पनि त्यसले सन्तोषजनक रुपमा गति लिनसकेको छैन ।

चीनले भने सडकसँगै भन्सारको लागि चाहिने पूर्वाधार निर्माणमा ४० दिनमै चमत्कार गरेको छ । चिनियाँ राजदूतले भ्रमणको क्रममा नेपाली जनतप्रतिनिधिसँग छलफल गरेर निर्माणाधीन भन्सार कार्यालय र कोरला नाकाको निरीक्षण गर्ने स्रोतको दाबी छ । कोरला नाकाको नेपाल र चीनतर्फको भूभाग समथर भएको कारण उक्त नाका सञ्चालन गर्न सहज छ । चीनलाई भन्दा नेपाललाई कोरला नाका आवश्यक परे पनि नेपालले भौतिक पूर्वाधार निर्माणमा चासो दिएको छैन । आर्थिक दैनिकबाट

तपाईको प्रतिक्रिया !

Related Posts

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

ताजा समाचार

आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह

बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो