
काठमाडौं, ४ असोज । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपाबिचको चुनावी तालमेलको छलफल अन्तिम चरणमा पुगेको छ ।
तिन दलबिच तालमेल गरेरै चुनावमा जाने विषय पक्कापक्की भएको छ । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले भने, ‘हामीबीच हिजो पनि कुरा भएको थियो आज पनि हुँदैछ । हामी सहमतितर्फ नै अघि बढिरहेका छौ ।’ संघीय समाजवादी फोरम नेपाल र राजपाबीच यसअघि नै दुई दलले एकसाथ चुनाव लड्ने सहमति गरिसकेका छन् ।
हाल दुई दलले एकसाथ कांग्रेससँग तालमेलको कुराकानी गरिरहेको छ । दुई दलको तर्पmबाट कांग्रेससँग कूल एक तिहाइ सिट माग गरिएको छ । पहाड र हिमाली जिल्लामा पहिलो चरणमा निर्वाचन हुने भएकोले ति जिल्लाका विषयमा तत्काल टुंगो लगाइनेछ ।
मधेसका जिल्लामा दोस्रो चरणमा चुनाव हुने हुँदा ति जिल्लाको तालमेलबारे केही दिनपछि मिलाइनेछ । ‘पहाड र हिमाली जिल्लामा आज वा भोलि नै टुंगो लाग्छ,’ महासचिव यादवले भने, ‘मधेसको सन्दर्भमा ५ गतेपछि टुंगो लाग्छ ।’