
काठमाडौं, १० कार्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन पछि वाम गठबन्धको औचित्य समाप्त हुने नेपाली कांग्रेसले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले अब वाम गठबन्धनमा आवद्ध रहेका नेकपा एमाले र माओवादी केन्द्र सिद्धिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रचार समितिका संयोजक बालकुष्ण खाँडले कांग्रेसलाई सिद्धाउने खेलमा लागेको वाम गठबन्धन आँफै सिद्धिने चेतावनी दिनुभएको हो । उहाँले कांग्रेसलाई सिद्धाउन खोज्दा पंचायत, राजतन्त्र सिद्धिएको बताउँदै अब वाम गठबन्धनको आयु धेरै नरहेको बताउनुभयो । प्रतिनिधि र प्रदेसशभा सदस्यको निर्वाचनमा कांग्रेसलाई सबै क्षेत्रका जनताले साथ दिने विश्वास व्यक्त गर्नुभयो उहाँले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सातवटै प्रदेशमा सरकार बन्ने दाबी पनि गर्नुभयो।