सप्तरी । राजविराजबाट काठमाडौं जादै गरेको बस धादिङको गजुरी –५ स्थित घारबेसीबाट त्रिशुली नदीमा खसेको छ । ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । उनका अनुसार बससहित २० जना नदीमा हराइरहेका छन् । जस मध्ये १५ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धार गरेर गजुरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । राजविराजबाट यात्रु लिएर गएको बस हेटौंडामा गएर अर्को बसमा यात्रु हालेर पठाइएको थियो ।
हराइरहेका बस र यात्रु खोज्न प्रहरीले सक्रिय भएको जनाईएको छ । गजुरीको मोडमा बस सडकबाट नदीमा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको