• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

११० सिटमा वाम तालमेल, माओवादी र एमालेले कहाँ–कहाँ कति पाए ?


काठमाडौं, ११ कात्तिक । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले जनाएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ ।  स्रोतका अनुसार अहिलेसम्मको छलफल अनुसार माओवादी केन्द्रको भागमा ३३ सिट परेको छ भने एमालेले ७२ सिट लिएको छ । चार सिट स्वतन्त्र उम्मेदवारलाई छुट्याइएको छ । बाँकी १८ सिटमा छलफल जारी रहेको बताइएको छ ।

प्रतिनिधिसभासँगै प्रदेशसभाको पनि सिट बाँडफाँट भएको छ । स्थानीय चुनावको मत, सम्भावित उम्मेदवारको व्यक्तित्व लगायतका आधारमा सिट बाँडफाँट गरिएको नेताहरुले बताए ।

काहाँ कसले पाए ?

काठमाडौंमा एमालेले प्रदेशको १७ र प्रतिनिधिसभाको १७ सिट लिएको छ । माओवादीले दुबै सभाको ३र३ सिट पाएको छ । ललितपुरमा एमालेले प्रतिनिधिसभाको दुई सिट लिँदा माओवादीको भागमा एक सिट परेको छ ।

भक्तपुरको एमालेले प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट लिएको छ भने माओवादीले प्रदेशसभाको एक सिटमा चिक्त बुझाएको छ । प्रदेश र प्रतिनिधिसभाको एक एक सिटबारे निर्णय हुन बाँकी छ ।

तनहुँ, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मीको प्रतिनिधिसभा एमालेको भागमा परेको छ भने अर्घाखाँचीको प्रतिनिधिसभा माओवादीले लिएको छ । कपिलवस्तुमा भने दुई सिट स्वतन्त्रलाई दिइएको छ भने एक सिटबारे टुंगो लागेको छैन । दाङमा एमाले र माओवादीले १–१ सिट लिँदा एक बारे निर्णय हुन सकेको छैन ।

धनकुटा र तेह्रथुमको प्रदेश र प्रतिनिधिसभाको सबै सिट एमालेले पाएको छ भने इलाममा माओवादीले प्रदेशसभाको एक सिट लिएको छ ।

सिन्धुलीको प्रदेश र प्रतिनिधिसभा आधा–आधा लिने सहमति भएको छ भने मकवानपुरमा प्रतिनिधिसभाको दुबै सिट एमालेले लिएको छ । प्रदेशमा भने आधा –आधा गरिएको छ । चितवनमा एमाले र माओवादीले १–१ सिट लिएका छन् । एक सिट टुंगो लागेको छैन । चितवन ३ बाट प्रचण्ड उम्मेदवार बन्ने भएका छन् ।

काभ्रेमा एमालेले प्रतिनिसिभाको एक र प्रदेशको तीन सिट लिएको छ भने माओवादीले दुबै सभाको एक एक सिट पाएको छ । बाँकेका ३ सिटमध्ये एमाले र माओवादीले एक-एक बाँडेका छन् भने एक स्वतन्त्रलाई दिइएको छ । रुपन्देहीमा एमालेले ४ सिट पाएको छ भने माओवादीले एक सिट लिएको छ ।

सल्यानबारे छलफल जारी छ । दैलेखको दुबै, कैलालीको ३ र कञ्चनपुरको २ सिट एमालेले लिएको छ । डडेलधुरामा एक सिट लिएको माओवादीले कैलालीमा २ र कञ्चनपुरमा १ सिट पाएको छ ।

झापामा माओवादीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई सिट पाएको छ । उसले प्रतिनिधिसभामा थप एक सिट दाबी गरिरहेको छ । मोरङमा एमालेले ३ र माओवादीले २ सिट लिने सहमति भएको छ । एक सिटबारे छलफल जारी रहेको बताइएको छ । खबर नेपाल समाचार पत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो