
सप्तरी । सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीबाट निर्वा्चित १ सय ६५ जना जनप्रतिनीधिहरुलाई शुक्रबार सम्मान गरिएको छ ।
सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति सप्तरीले राजविराजमा शुक्रवार एक समारोहका बिच दुई नगर प्रमुख, एक उप—प्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष र पैतिस जना वडा अध्यक्ष सहित १ सय ६५ जना जनप्रतिनीधिहरुलाई सम्मान गरिएको हो ।
जिल्ला अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध प्रसाद सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई खादा र अबीर लगाएर सम्मान गरिएको छ ।
कार्यक्रमका वक्ताहरुले जनताको सेवामा समर्पित भएर काम गर्न जनप्रतिनिधीहरुलाई सुझाव दिएका छन् । फोरम नेपाल मात्र देशको एक मात्र पहिचानवादी पार्टी भएको दाबी गर्दै नेताहरुले नेपाली कांग्रेस यथास्थितिवादी र एमाले माओवादी केन्द्र अतिबादी पार्टी भएको आरोप समेत उनीहरुले लगाएका छन् । मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, महिला लगायतका उत्पीडित समुदायको हक अधिकारकोलागि प्रतिनीधि र प्रदेश सभाको निर्वाचनलाई उपयोग गरेर जानुपर्नेमा नेताहरुले जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथी यादव, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला सह–ईन्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्य जगदेब यादब, सुर्यनाथ यादब, केन्द्रीय सदस्य एवम् महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादव ,तराई मधेश प्रदेशका मुख्य सचिव शम्भु झा, तिरहुत गाउँपालिकाका निर्वाचित अध्यक्ष हेमन्त बहडखेर, बिहुल बलान गाउँपालिका अध्यक्ष दयानन्द गोइत, तिरहुत