राजविराज, ११ कात्तिक । राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको सन्देश त्रिशुली खोलामा भएको दुर्घटनामा परी सप्तरीका दुई दर्जन व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले शोक मनाउने भएको छ ।
सबै स्थानीय तहमा आईतबार एक दिनको विदा दिदैं शोक मनाउने निर्णय भएको जनाईएको छ । जिल्लामा १८ वटा स्थानीय तहका प्रमूखहरुले एक विज्ञप्ती जारी गर्दै विदा दिई शोक मनाउने निर्णय गरेको हो ।
स्थानीय निकाय अन्तर्गतका सबै कार्यालयहरुमा एक दिनका लागि शोक विदा दिने निर्णय समेत भइसकेको जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost