राजविराज, ११ कात्तिक । नेपाली काग्रेस र संघीय समाजवादी फोरम नेपाल सप्तरीले राजविराज देखी काठमाडौ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोड स्थीत त्रिशुली नदिमा दुर्घटना भएको दुखद खबरले स्तब्ध भएको जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्षहरुले शनिबार बिज्ञप्ती जारी गर्दै दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पुर्ण मृत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
घाईतेहरुको शिघ्र स्वाथ्य लाभको कामाना गर्दै दुर्घटनामा परी मृत्यू हुनेहरुको अबिलम्ब क्षतिपुर्ती र घाईतेहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाउन समेत बिज्ञप्तीमा माग गरिएको छ ।
यस्तै नेकपा एमाले सप्तरीले पनि मृतकहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अबिलम्ब क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ ।
एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले शनिबार बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
