राजविराज, १२ कात्तिक । शम्भुनाथ नगरपालिकाले राजविराज देखी काठमाडौ जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोड स्थीत त्रिशुली नदिमा दुर्घटना भएको दुखद खबरले स्तब्ध भएको जनाईएको छ ।
न्गरपालिकाले बिज्ञप्ती जारी गर्दै दुर्घटनामा परि ज्यान गुमाउनु हुने सम्पुर्ण मृत आत्माको चिरशान्तिको कामना गरेका छन् । शम्भुनाथ वडा नम्बर ४ बस्ने पारबर्ती चौधरी , सुदिप चौधरी , रामचनद्र यादव , वालक सुशान्त चौधरीको मृत्यु भएको नगरवासी प्रति शोक व्यक्त गर्दै े अबिलम्ब क्षतिपुर्ती र घाईतेहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाउन समेत बिज्ञप्तीमा माग गरिएको छ ।घटनामा २४ जना सप्तरी र अन्य जिल्ला गरी ३१ जनाको मृत्यु भएको थियो ।
यस्तै नेपाली काग्रेसका शम्भुनाथ नगर अध्यक्षले पनि मृतकहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अबिलम्ब क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको छ । नगर अध्यक्ष सुरेन्द्र प्रसा गुप्ताले आज बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।