काठमाण्डौ । निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ । सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगित भएको हो । सर्वोच्चले गत बुधबार निर्वाचन आयोगले जवाफ माग्ने आदेश सार्वजनिक गरेको थियो । मतपत्र डिजाइनको काम चलिरहे पनि छपाइको काम स्थगित गरिएको हो । सर्वोच्च अदालतको आदेश प्राप्त भएपछि आयोगको बैठक आज बसेको छ ।
आजै साँझसम्म सर्वोच्चको आदेशको जवाफ के दिने र छपाइका विषयमा के निर्णय गर्ने भन्ने टुंगो लागाउने तयारीमा आयोग रहेको छ । आयोगले आजै सर्वोच्चलाई दिने जवाफ र मतपत्र छपाईलाई जारी राख्ने वा सर्वोच्चको आदेशका आधारमा दुईवटा छाप्ने सम्बन्धमा निर्णय गर्ने छ । शुक्रबारदेखि मतपत्र छपाइ सुरु गर्ने घोषणा गरेका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले साँझ जनकशिक्षा सामग्री केन्द्रमा पुगेर शुभारम्भ नैं भएको घोषणा गरेका थिए । आयुक्त यादवले बाहिर भनेजस्तो मतपत्र छपाइको काम शुभारम्भ नगरेर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा नमुना मतपत्र छपाइको काम मात्र शुभारम्भ गरेको बताइएको छ ।