काठमाडौं, १८ कार्तिक । दण्डहीनताका कारण दक्षिण एशियामै पत्रकार असुरक्षित हँुदै गएको पाइएको छ ।

मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले  आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मीलगायतको छलफलमा दक्षिण एशिकयामै गएको बताइएको हो ।

नेपालको तुलनामा पाकिस्तान र बंगलादेशमा लेखेबापत नै सञ्चारकर्मी मारिएका छन् । नेपालमा दशवर्षीय सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट ३५ पत्रकार मारिए र चार बेपत्ता पारिए । त्यसपछि समाचार लेखेबापत नै नेपालमा पत्रकारको ज्यान गएको देखिँदैन तर पाकिस्तान र बंगलादेशमा पत्रकार हत्याका घटना ताजै छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान र कानूनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्ने सरकारको नीति तथा कार्यक्रम नै नभएको आरोप लगाउँदै आयोगले गरेको सिफारिशमा १४ प्रतिशत मात्र कार्यान्वयन हुनु दुःखको कुरा हो भन्नुभयो ।

आर्टिकल–१९ नामक संस्थाका दक्षिण एसियाली क्षेत्रमा निर्देशक ततिमा रहमानले दक्षिण एशियाका पाकिस्तान र बंगलादेशमा पत्रकार बढी मारिएको र अनुुसन्धान ढिलाइ हुँदा न्याय पाउनसमेत ढिलाइ भएको बताउनुभयो ।

पाकिस्तान प्रेस फाउन्डेसनका प्रतिनिधि कुरातुलेन अलीले दक्षिण एशियामै पत्रकारलाई समाचार लेखेबापत नै चौतर्फी असुरक्षा बढ्दै गएको बताउनुभयो । खबर आजको हिमालय टाइम्समा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको