सप्तरी । सप्तरीका राजनितिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । आगामी मंसिर २१ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा राजनितिक दलहरु प्रचार प्रसारमा तिब्र रुपले लागीपरेका हुन् ।
सप्तरमिा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन, राजपा संधीय समाजवादी फोरम गठबन्धन, राष्ट्रिय प्रजातान्त्र पार्र्टी (राष्टियबादी ),नयाँशक्ति पार्टी , राष्ट्रिय जनता पर्टी गरी ७ राजनिति र स्वतन्त्र गरी १६८ जना उम्मेद्धवार चुनाबि मैदानमा छन् ।
चुनावी मैदानमा होमिएका राजनितिक दलहरु मध्ये नेपाली काँग्रेस,संयुक्त बाम गठबन्धन मधेशीवादीदल गठबन्धनकोे प्रचारप्रसारले तिव्रता पाएको छ । दलहरु यतिबेल प्रचारप्रसाको कार्यक्रम लिएर वडा –वडामा पसेका छन् । वाम गठबन्धनले संयुक्त रुपमा चुनावी अभियन आक्रमक बनाएका छन् । भने नेपाली काँग्रेसले पनि आन्तरिक ब्यवस्थापन मिलाउदै चुनावी अभियान सञ्चालन गरिहेको छ । मधेशबादी दलका नेताकर्यकर्ताहरु गाउँघरमा चुनावी अभियान सुर गरिसकेको छ । दलहरुले पनि यस पटकको चुनव आफ्नो पक्षामा पार्ने दाबी गर्दै आएका छन् । उनिहरुले सोहि अनुसारको प्रचारप्रसारलाई तिब्रता दिईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost