शिव दयाल यादव
सिरहा,कार्तिक २२ गते । सिरहामा रहेको चार निर्वाचन क्षेत्र मध्ये राजपाको कोल्टोमा परेको निर्वाचन क्षेत्र नं.४ मा राजपाको लहर वढेदै गएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागी राजपावाट अध्यक्ष मण्डल राजकिशोर यादव, सुरेश मण्डल र रामकुमार मण्डलको उम्मेदवारी परेको छ । त्यस्तै,वामगठवन्धनबाट अजय संकर नायकको उम्मेदवारी परेका छन् ।सिरहा क्षेत्र नं.४ पर्ने विष्णुपुर गाँउपालिकामा आज वुधवार नेकपा एमालेका सयक्डाँै कार्यकर्ता पार्टि परित्याग गरी राजपामा प्रवेश गरेका छन् ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेवाट वाडा अध्यक्षमा पराजित कुलदेव यादवले पार्टि परित्याग गरेका छन् । उनी सँगै नेकपा एमाले र काँग्रेशका सयकडौं कार्यकर्ताहरु पार्टि प्रवेश गरेको राजपाका वाडा अध्यक्ष राम ईश्वर यादवले वताए । यादवलाई राजपाका सहमाहामन्त्री सुरेश मणडलले अविर लगाई पार्टि प्रवेश गराएका छन् ।
अवकी वार मधेश सरकार ः सहमाहामन्त्री मणडल ।।
राजपाका सहमाहामन्त्री सुरेश मण्डलले अव हुने प्रदेस सरकार मधेशी दल नै हुने ठोकुवा गर्नूभयो । विष्णुपुर गाँउपालिका वाडा नं.३ मा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै सहमाहामन्त्री मण्डलले प्रदेश नं.२ मा मधेशी दलको सरकार नहुनवाट कसैले रोक्ने नस्कने वताउनुभयो ।
उहाँले अव बन्ने सरकारमा मधेशी दलको तर्फवाट राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरको नाम मूख्यमन्त्रिीको लागी सफारिस भईसकेकोले मधेशी दलको नै सरकार हुने निश्चित नै भईसकेको दावी गर्नूभयो ।
विगतलाई स्मरण गर्दै सहमाहामन्त्री मण्डलले मधेश सरकारको लागी हामीले सरकारी अफिसहरुमा मधेश सरकार लेख्ने कुरा अव वास्तविकता नै हुन लागेकोले आ आफनो स्थानवाट सहयोग गरी मधेश सरकार वनाउन मेरो पनि सहयोग भन्ने भावना उजाँगर हुनु जरुरी छ भन्ने तर्क गरे ।