
सप्तरी । युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले मधेशमा विद्यमान रुपमा रहेको वेरोजगारी, गरिबी र अशिक्षालाई निदान गर्नकै लागि नेपाली काँग्रेसले सप्तरीमा उम्मेदवार खडा गरेको बताएका छन् ।
नेपाली काँग्रसका पूर्व सांसद समेत रहेका मन्त्री चौधरीले सप्तरीको वलान विहुल गाउँपालिका स्थित मौवहा वेल्हीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । ‘वर्षौदेखि मधेशका जनता बेरोजगारी, गरिबी र अशिक्षत रुपमा जीवनयापन गर्न बाध्य छन्’ उनले भने–‘यी समस्यालाई सामाधान गर्न कै नेपाली काँग्रेसले आगामी निर्वाचनमा उम्मेदवारी खडा गरेका छन् ।’
उनले मंसिर २१ गते दोश्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफुसहित नेपाली काँग्रेसका उम्मेदवारलाई वोट दिए गरिबी, वेजगारी र अशिक्षाको सवाललाई निर्मुल पार्ने जनतामा आश्वासन समेत व्यक्त गरे ।
साथसाथै सप्तरीमा यथा अवस्थामा रहेका विकासीय मुद्दालाई समेत पार्टीले गम्भिरताका साथ लिई काम गर्ने उनले बताए । सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मन्त्री चौधरीले लोकतन्त्र, संघियता, समाजवाद, समावेशिता तथा राष्ट्रियताका लागि जोगाई राख्न पनि नेपाली काँग्रेस नै अग्रगामी भुमिकामा रहेको भन्दै नेपाली काँग्रसलाई विजयी गराउन अति आवश्यक रहेको बताए । चुनावी सभा कार्यक्रमलाई नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादव क्षेत्रिय सभापति किरण भगत , जितेन्द्र प्रसाद यादव लगायतले नेपाली काग्रेस जिल्लमा विकासका लागि अग्रनी भुमिका खेलेकाले लोकतन्त्र बचाउका लागि काग्रेसलाई नै जिताउनु पर्ने अ–आफनो धारण व्यक्त गरेका थिए । उक्त कार्यक्रममा २ दर्जन नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रबेश गरेका थिए ।