काठमाडौँ, २५ कात्तिक : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनको चुनावी तालमेल पार्टी एकताको पहिलो चरण भएको बताउनुभएको छ ।

दोलखा–काठमाडौंँ बुद्धिजीवी परिषद् एकता संयोजन समितिले आज यहाँ आयोजना गरेको बुद्धिजीवी भेलामा उहाँले गठबन्धन हुँदै निर्वाचनपछि एमाले र नेकपा (माओवादी केन्द्र ) बीच पार्टी एकीकरण हुने छ भन्नुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार नेपालले निर्वाचनपछि वाम गठबन्धनले दुई तिहाइको सरकार बनाएर देशलाई समाजवादतर्फ लैजाने बताउँदै भन्नुभयो, ‘‘पहिला पहिला कम्युनिष्टको सरकार आएपछि बूढाबूढीलाई मार्छ भन्दै हिँडेको कांग्रेस अहिले अधिनायकवाद आउँछ भनी प्रसार गर्दै हिंँडेको छ ।’’

कांग्रेसका कारण देशको आर्थिक अवस्था डामाडोल भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले अब कम्युनिष्टको सरकारले देशको विकास र समृद्धि ल्याउने जिकिर गर्नुभयो ।
भेलामा नेकपा(माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले कम्युनिष्ट गठबन्धनको सरकार बनेपछि नमूना विकासमार्फत मुलुकमा समाजवादी व्यवस्था लागू गरिने बताउनुभयो । वाम गठबन्धन दोलखा चुनावी परिचालन कमिटीका संयोजक आनन्दप्रसाद पोखरेल, माओवादी केन्द्रका नेता बलराम थापालगायतले बामगठबन्धनलाई दुई तिहाइका साथ जिताउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर