दिक्तेल(खोटाङ्), ७ मंसिर । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाका लागि खोटाङ्बाट उम्मेदवारी दिनुभएका सुबास पोखरेलले संसदमा बोलेर सरकारी बजेट तथा कार्यक्रम धेरै ल्याउन नसकेको कारण खोटाङ् जिल्ला छिमेकी जिल्लाको तुलनामा विकासमा पछाडि परेको बताएका छन् ।

पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको खोटांगमा मौन अवधि प्रारम्भ हुने दिनको अन्तिम आमसभाको रुपमा त्रिवेणीचोकमा आयोजित सभालाई सम्वोधन गर्दै प्रदेशसभाका उम्मेद्वार सुवास पोखरेलले भन्नुभयो ,‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । उनीहरु बोल्न नसकेका हुन् । बोल्न नसक्दा जिल्ला सधै अरुको विकास हेरेर बस्न विवस भयो ।’

उहाँले जिल्लाबाट हालसम्म चुनेर पठाएका प्रतिनिधिहरुले अर्थमन्त्रालय र योजना आयोगले दिएको बजेट र कार्यक्रममा आफ्ना अत्यवश्यक कार्यक्रम थप गर्न नसकेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्षतर्फका उम्मेद्वार सुवासकुमार पोखरेलले अब त्यस्ता दिनको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको बिकास शून्य भएर हजारौ युवायुवतीहरु मलेशिया र खाडीका देशमा पसिना वगाउन जानु परेको तितो यथार्थ बताउदै अब त्यस्तो स्थिति आउन नदिने संकल्प आफूले लिएको बताउनुभयो ।

उहाँले यो निर्वाचनमा आफू र नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन मतदातासंग आग्रह गर्दै आफू विजयी बनेपछि सबैभन्दा पहिला जिल्लालाई संमृद्ध बनाउने कार्यक्रम तयार पारी त्यसको कार्यान्वयन गर्ने दाबी गर्नुभयो ।

मौन अवधिको पूर्वसन्ध्यामा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघीय समाजवादी फोरम र  बाम गठबन्धनले घरदैलो अभियानलाई समापनमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको