काठमाडौं । आज मंसिर ८ गते’नेपाल बन्द’भनिएको खबरले सार्थकता पाएको छैन् । ‘नेपाल बन्द’ हल्ला मात्रै भएको छ । सार्वजानिकदेखि नीजि सवारी साधन हिजो अस्ति जस्तै निर्वादरुपमा चलेकाछन् ।
पूर्व माओवादी लडाकु समूह मध्येकै एक समुहले सामाजिक सञ्जाल फेसबुक र विज्ञप्ती मार्फत नेपाल बन्द हल्ला चलाए थिए । यसै बिच पुर्व माओवादी जनमुक्ती सेना समुह अर्को समुह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज मंसिर ८ गते ‘नेपाल बन्द’ आह्वान गरेको भनी भएको प्रचार निराधार भएको जनाएको छ ।
स्रोतले भन्यो, ‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन, हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’ समूहका संयोजक विष्टले भने, ‘हामीले बन्द आह्वान गरेका छैनौं ।’ तर पनि हिजो अस्तिको तुलनामा सार्वजनिक सवारी साधन कम चलेको छ ।
राजधानी काठमाडौं लगायत मुलुक भर सबै सवारीका साधन नियमितरुपमा सुचारु भएको महानगरिय ट्राफिक प्रहरीले जनाएको छ ।
आज विहानै देखि सवारीका साधनहरु चलिरहेकाछन् । त्यसो त राजधानीमा कतै बाक्लो सवारीका साधन चलेकाछन् भने पातलो चलिरहेकाछन् ।