विराटनगर\ मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल्स आईतबार देखी संञ्चालनमा आएको छ ।
नयॉ व्यबस्थापन समितिले करिव ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो ।२०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द रहेको थियो ।
नयॉ व्यबस्थापनले मिल्सलाई पूर्ण रुपमा आईपी शिस्टमको सीसी क्यामराको निगरानीमा राखेर सञ्चालन गरेको छ ।
मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले बिधिबत्त रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए ।
विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काप्mलेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरा मात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
विराटनगर जुट मिल्समा रहेको दुई वटा नयॉ र पूराना मिल मध्ये मध्ये पहिलो चरणमा उद्योग पूरानो मिल्सलाई सञ्चालनमा ल्याएका छ ।
३ करोडको लागतमा एउटा मिल्स सञ्चालन भएको छ र थप २ करोड पुंजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिल्स पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको मिल सञ्चालक समितिका अध्यक्ष काफलले जानकारी दिए ।
आइतवारवाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन उत्पादन गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन।
२०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐन अनुसार मिल्सले नयॉ ब्यबस्थापन पाएको छ ।
नयॉ व्यबस्थापनले आप्mनो अनुकुल मिल्स सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पु¥याएको छ ।
नयॉ व्यबस्थापनले मिलको पुर्जी वृद्धीका लागि यस अघि २५ हजार कित्ता सेयर बिक्री गरको थियो ।
मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयॉको दरमा बिक्री हु‘दा ४० लाख पुंजी बृद्धी भएको छ ।
मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ ।
यसअघि मिल्स सञ्चालनका लागिा सरकारबाट पटक पटक गरि ल्याएको १ सय १३ करोड ऋण तिर्न बाकी रहेको थियो ।
सरकारले यस अघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो ।तर केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा मिल वन्द अवस्थामा रहेको थियो ।
वि.सं. १९९३ मा स्थापना भएको जुट मिल स्थापना भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको