काठमाडौं,१० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ का क्रममा पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा समग्रमा ९केही अपवादलाई छोडेर० निर्वाचन शान्तिपुर्ण तवरमा सम्पन्न भएको छ ।
निर्वाचन पर्यवेक्षणका क्रममा शान्ति समाजका तर्फबाट ओखलढुंगा, खोटाङ, कालिकोट, दैलेख लगायत २० भन्दा बढी जिल्लामा शान्ति समाजले पर्यवेक्षण गरेको छ ।
प्रारम्भिक सुचना अनुसार निर्वाचन विथोल्न केही कोणबाट हिंसात्मक तवरले प्रयास भएता पनि मतदान प्रक्रियामा मतदाताहरु उत्साहप्रद तवरले सहभागि भएको पाइएको छ ।
यद्यपि हिमाली क्षेत्रमा बढ्दो चिसोका कारण मतदानमा केही असर परेको र मंसिर महिना हिमाली क्षेत्रमा निर्वाचनका लागि उपयुक्त नभएको हुदाँ त्यस तर्फ आगामी दिनहरुमा ध्यान दिनु जरुरी छ । यसैगरी माथिल्लो केही भु भागका केही मतदानस्थल पायक नपरेको गुनासो पनि प्राप्त भएको छ ।
निर्वाचन आचारसंहिताको पालनाको मामलामा कयौँ उम्मेद्वारहरुले सिमा नाघेर धन खर्च गरेको र प्रमुख राजनीतिक दलहरुले नै आचारसंहिताको उल्लंघन गरेको अनेकौ दृष्टान्तहरु भेटीएको छ ।
यस सम्बन्धमा आगामी दिनमा निर्वाचन आयोगले आचारसंहिता अक्षरस पालना गराउन विशेष कदम चाल्नु जरुरी छ ।
निर्वाचन पुर्व सिलसिलेबार रुपमा भएका विष्फोटनका घटनाहरु, उम्मेद्वार केन्द्रित आक्रमण, मतदाता तर्साउने नियतले गरिएका ध्वंसात्मक गतिविधिका बावजुद समग्रमा सफलतापुर्वक पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ
। यसका लागि सबै मतदाता, निर्वाचन आयोग, प्रशासन तथा सुरक्षा निकाय र निर्वाचन सफल तुल्याउन योगदान गर्ने सबै धन्यवादका पात्र छन्,जारी विज्ञप्तिमा भनिएको छ ।