राजविराज । सप्तरी क्षेत्र नम्बर २ कालागी प्रतिनीधि सभाका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले मधेशवाद, मधेशीको सम्मान तथा क्षेत्रको बिकास आफनो पहिलो एजेन्डा रहेको बताउनु भएको छ ।
छिन्नमस्ता गाउँपालिका अन्तरगत रहेको सखडामा सोमवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दे स्वतन्त्र उम्मेदवार ठाकुरले मधेशमा आर्थिक सामाजिक सास्ंकृतिक बिकासका लागि आफु प्रयत्नशिल रहदै आएको र आगामी दिनमा पनि रहि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले मधेशमा एउटा छुटै समाज भएकाले त्यसको रक्षा र विकाश गर्न आफु उम्मेदवार बनेको बताउनु भयो ।
उम्मेदवार ठाकुरले छिन्नमस्ता शक्तिपीठलाई पर्यटकीय क्षेत्रको रुपमा बिकसित गर्नु पर्ने आबश्यकता औल्याउदै शिक्षा, स्वास्थ्य, वेरोजगारी समस्याको समाधान, नदी नियन्त्रण लगायतका बिषय आफ्नो प्रमुख योजना रहेको बताउनु भयो । गजेन्द्र नारायण सिंह, रामराजा प्रसाद सिंह सहित सयौ स्थापीत राजनेताहरुको जन्मथलो रहेको सप्तरी २ नम्बर क्षेत्रको आफनो छुटै इतिहास र पहिचान रहेको बताउदै क्षेत्रका जनताको दुःख सुखमा आपूm सँधै संगै रहने बताउनु भयो । । सप्तरीका जनताले मधेशवादलाई आन्दोलनका माध्यमवाट स्थापीत गर्न चाहेको बताउनु हुदै ठाकुरले अहिले मधेशवादलाई केही नेताले ब्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न थालेकोले जनताको भावना बमोजिम आपूm उम्मेदवार भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा मधेशवादी नेता आरडी आजादले आन्दोलनको बलमा उचाईमा पुगेको मधेशवादलाई केही सिमित नेताहरुले आपूmहरुको गुलाम वनाउन खोजेको आरोप लगाउनु भयो । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले मधेश आन्दोलन चरम उचाँईमा रहेको बेला मधेश मुद्धालाई समाप्त पार्न खोजेको आरोप लगाउँदै ठाकुरले उपेन्द्र राष्ट्रपतिको चूनाव देखी मधेश आन्दोलन निष्कर्षमा पुग्ने बेलामा सँधै मधेश विरोधी नेताको रुपमा चरित्र प्रदर्शन गरेको स्मरण गराउनु भयो ।
कार्यक्रममा सुरेन्द्रनारायण मण्डल, उग्रकान्त झा लगायतका बक्ताहरुले मधेश मुद्धालाई बिर्सजनको मुखमा लग्नेहरुसित सावधान रहदै स्वतन्त्र उम्मेदवार जयपकाश ठाकुरलाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।