
राजविराज । सञ्चालनमा रहेका कुुल २८ वटा फाईनान्स कम्पनीहरु मध्येमा सात वटा फाईनान्सको बित्तीय अवस्था निकै नै नाजुुक देखिएको छ ।
अन्य फाईनान्सहरुले चालुु आर्थिक बर्षको पहिलो तीन महिनामा लाखौं रुपैयाँ नाफा कमाउँदा राजविराजका सिर्जना फाईनान्स सहित सात वटा फाईनान्सले भने पहिलो त्रैमासमा लाखौं रुपैयाँ घाटा बेहोरेका छन् ।
फाईनान्सहरुमा निक्षेप तथा कर्जामा सुधार नआएको, व्यवस्थान चुुस्त दुरुस्त नभएको र व्याज आम्दानीको धेरैजसो रकम सञ्चालन तथा व्यवस्थापनमा खर्च हुुदा ति फाईनान्सहरुले घाटा बेहोरेका हुुन ।
अर्कोतर्फ ती फाईनान्सहरुमा खराव कर्जा उच्चरुपमा बढ्दा बित्तीय अवस्था समेत कमजोर देखिएको छ । कमजोर बित्तीय अवस्था भएको फाईनान्सहरुमा निक्षेप जम्मा गर्नु सर्वसाधारणको लागि जोखिमपुर्ण हुुने देखिन्छ
। मोरंग अटो वक्र्सका सञ्चालक बिष्णुु अग्रवाल समेतको ठुलो लगानी रहेको युुनाईटेड फाईनान्सले यही असोज मसान्तसम्मा तीन करोड ४५ लाख तीन हजार रुपैयाँ घाटा बेहोरेको छ ।
उक्त फाईनान्समा खराव कर्जा एक दसमलव ९६ प्रतिसत रहेका आधारमा प्रोभिजन रकम बढेर तीन करोड ५२ लाख २७ हजार रुपैयाँ पुुगेको छ ।
यसैगरी सिर्नर्जी फाईनान्सले पनि यही असोज मसान्तसम्म तीन करोड नौ लाख ४४ हजार रुपैयाँ घाटा बेहोरेको छ । खराव कर्जा २१ दसमलव चार प्रतिसत रहेको फाईनान्समा प्रोभिजन रकम छ करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको छ ।
तीन दसमलव ४५ प्रतिसत कर्जा खराव रहेको जेविल्स फाईनान्सले पनि चालुु आवको पहिलो त्रैमासमा २५ लाख ७० हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।
यसैगरी रिलायन्स फाईनान्सले दुुई करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने प्रोग्रेसिभ फाईनान्सले एक करोड नौ लाख ५३ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । यसबाहेक सिर्जना र गोर्खाज फाईनान्सले चालुु आर्थिक बर्षको पछिल्लो तीन महिनामा तीन करोड रुपैयाँ भन्दा बढी नोक्सानी बेहोरेकाछन ।
कुुन फाईनान्सले कति घाटा खाए ? (रकम रु हजारमा, खराव कर्जा प्रतिसतमा)
फाईनान्सको नाम खुद मुनाफा निष्क्रिय कर्जा
युुनाईटेड फाईनान्स ३४५०३ १.९६
सिर्नर्जी फाईनान्स ३०९४४ २१.०४
जेविल्स फाईनान्स २५७० ३.४५
रिलायन्स फाईनान्स २७१५४ ३.०३
प्रोग्रेसिभ फाईनान्स १०९५३ २.४४
सिर्जना फाईनान्स २०१५५.७४ १.७१
गोर्खाज फाईनान्स ३६२३० ४.९३