
राजविारज । नेपाली काँगे्रसका जिल्ला सभापति तथा सप्तरी क्षेत्र नम्बर –३ का प्रतिनिधी सभा उम्मेबार आफनो कुनै पनि प्रतिशप्रर्धी नरहेको बताउनु भएको छ ।
माई संचार डटकम संग कुरा गदै सभापति यादवले यस पालि आफनो जित पक्का रहेको बताउनु हुदै लोकतन्त्रको रक्षाकै लागि पनि काँग्रेसलाई विजय बनाउनाु पर्ने बताउनु भयो ।
उहाँले भन्नु –भयो सप्तरीको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका केन्द्रीय सरकुलर अनुसार संधीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सयोग गर्ने निर्देशन आएकाले त्यस क्षेत्र बाहेका क्षेत्रमा नेपाली काँग्रेसको अवस्था बलियो छ र सबै क्षेत्रमा हाम्रो पार्टी जिति रहेको छ ।
उहाँले लोकतान्त्रीक धारमा रहेका सम्पुर्ण पार्टी संग आफलनो सहकार्य भई सकेको र चुनाव जितनका समिति उपसमितहरु ग्ठन गरेर क्षेत्रमा परिचालन गरिसकेको बताउनु भयो । राष्ट्र, समाज परिर्बतमा नेपाली काँग्रेसको भुमिका अहमा रहेकाले पनि जनताले यसलाइृ पतियाएको बताउनु भयो ।
लोकतन्त्रको रक्षा र मुलुकको सम्मुन्नत बिकासका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनु पर्ने बताउनु हुदै सभापती यादवले बामपन्थीहरुले जितेमा लोकतन्त्र मासिने खतरा रहेको बताउनु भयो ।
कम्युनिष्टहरुको अन्तिम उद्देश्यनै साम्यवादी शासन भएकोले लोकतन्त्रको रक्षाका लागि कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन सञ्चारमाध्यमहरुको भुमिका उल्लेखीय हुनु पर्ने पनि बताउनु भयो ।
उहाँले मधेसी, जनजाति लगायत पिछडिएको समूहलाई अधिकार दिन नचाहने एमालेको गठबन्धनले जितेमा मुठ्ठीभर नेताहरुको जीवनस्तर सुध्रिए पनि समग्र जनताको जीवनस्तर झन कमजोर बन्ने भएकाले लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई जिताउनुको बिकल्प नभएको बताउनु भयो । सप्तरीमा लोकतान्त्रीक धारका राप्रपा (प्रजातान्त्रीक) राप्रपा नेपाल लगातका पार्टीले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई सघाई रहेको बताउनुउनु भयो ।