लोकेन्द्र कुमार यादव
बोदेबर्साईन । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवँम् पूर्व उप सभामुख चित्रलेखा यादवले दुई उग्रवादी सोचका बीच अल्झिएको मुलुकलाई निकास र समृद्धीको बाटोमा अगाडी बढाउने दायित्व काँग्रेसको काधमा आएको बताउनु भएको छ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति सप्तरीले बुधबार बोदेबर्साईन नगरपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ यदावले राष्ट्र संकटमा परेको बेला काँग्रेसले नै मुलुकलाई निकास दिएको बताउनु भयो । बाम उग्रवाद र मधेसी उग्रवादको भुमरिबाट मुलुकलाई जोगाउदै समृद्धी राष्ट्र बनाउने दायित्व पून ः काग्रेसको काधमा आएकाले राष्ट्र रक्षाका लागि नेपाली काग्रेसलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नु –भयो  राष्ट्रमाथि संकट र लोकतन्त्र नै खतरामा रहेको बेला मुलुकमा राजनीतिक स्थिती बचाउदै लोकतन्त्रका लागि सात दशक देखि अन्वरत रुपमा संर्घष गर्दै आएको काँग्रेसलाई मतदान गरी राष्ट्र रक्षाको अभियानलाई जनताले मद्दत गर्नु पर्छ  । उक्त कार्यक्रममा क्षेत्र नम्बर ४ (२) को प्रदेश सभाका उम्मेदवार विबेकानन्द झाले क्षेत्र विकासका लागि नेपालि काग्रेसको दुरगामि योजना भएका कारण काँग्रेसलाई मतदान गरी सहयोग गर्न अग्रह गर्नु भयो । क्षेत्रीय अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद सुरेनद्र यादव , काग्रेसका स्थानिय नेता खगेन्द्र यादव लगातले अ–आफनो धारणा राखेका थिए । सो कार्यक्रममा क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदबार रहेका रामलगन साहले नेपाली काँग्रेसका उम्मेबार विबेकानन्द झालाई सर्मन गरेको घोषना समेत गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको