ओम प्रकाश शाह
राजविराज १४ मंसिर । नेपाली काँगे्रसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकमा कम्यूनिष्ट शासनको नाममा सर्वसत्ताबाध लाध्ने षड्यन्त्र भईरहेको भन्दै त्यसलाई रोकनको लागी नेपाली काँगे्रसलाई जिताउन आग्रह गरेका छन ।
बिहीबार सप्तरीको शम्भूनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित काँगे्रसको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
‘कम्यूनिष्ट शासन आयो भने फेरी तपाईले अर्को चुनाव देखन पाउनु हुने छैन’ उनले भने ‘सम्पत्ति माथिको अधिकार समेत खोसिने छ ।’
मधेशको असन्तुष्टिलाई संविधान संशोधन मार्फत सम्बोधन गर्न आफूहरुले भरमगदुर प्रयास गर्दा पनि एमालेको अवरोधका कारणले सम्भव नभएको भन्दै उनले अब काँगे्रसलाई बहुमतले जिताएर मधेशका पक्षमा संविधान संशोधन गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
नेता देउवाले भने ‘तपाईहरु बहुमतका साथ काँगे्रसलाई जिताउँनुस् हामी संविधान संशोधन गरेर मधेशको माँग पुरा गरी छाड्छौ ।’
सप्तरी जिल्लामा बिकासका लागि कठौना पातो र शम्भुनाथ बनैनिया सडकलाई छिटै कालोपत्रे गरिने प्रतिबद्धताका साथ उनले रुपनी गाईघाट सडकको ट्रयाक खोलेर हुलाकी सडक निर्माणको कार्य पनि अघि बढाईने प्रतिबद्धता दोहो¥याए ।
यसैगरी शम्भूनाथ नगरपालिकामा २५ शैय्याको अस्पतालको पहलका साथै शम्भूनाथ नगरपालिकाको भवन निर्माणको लागि जग्गा भोग अधिकारका लागि मन्त्रि परिषद्बाट स्वीकृति दिने प्रतिबद्धता व्यक्त गरे ।
सप्तरीका सबै क्षेत्रमा काँगे्रस उम्मेदवारलाई जिताउँन अपिल गर्दै उनले काँगे्रसको आधार स्तम्भ नै मधेश भएको प्रसंग उठाए ।
नेपाली काँगे्रस सप्तरीका सभापति रामप्रसाद मण्डलको सभापतित्वमा आधारित कार्यक्रममा यूवा तथा खेलकुद राज्यमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरी, काँगे्रसका जिल्ला सभापति एवं क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार दिनेश कुमार यादव,प्रदेश सभाका उम्मेदवार मो.समिम,पूूर्व सप्तरीका जिल्ला सचिव सबुरलाल साहु, छेदी चौधरी, शम्भुनाथ नगरपालिका नगर सभापति सुरेन्द्र प्रसाद भगत लगायतले पनि बोलेका थिए । भने कार्यक्रम संचालन प्रभु नारायण चौधरीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost