राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन कांग्रेस एमालेकै परिवर्तित स्वरुप भएको आरोप लगाएका छन् ।
निर्वाचन प्रसारप्रसारको क्रममा सप्तरी आइपुग्नु भएका डा. भट्टराईले शुक्रबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा उक्त आरोप लगाएका हुन् ।
नेपाली कांग्रेसले लोकतन्त्रको ठेक्का लिनु उदारवादी प्रजातन्त्र मात्र हो र पुरानो कम्युनिष्टको खोल ओढ्ने एमाले र माओवादीको चरित्र स्टेलिनवादी चरित्र हो– भट्टराईको भनाई छ ।
कथित बाम गठबन्धन र कांग्रेस गठबन्धन कभर मात्र भएको भन्दै डा. भट्टराईले एमाले र माओवादीको स्टेलिनवादी चरित्र बदलेर सामाजिक लोकतान्त्रिक बनाउन आफूले खोजे पनि यी दुवै पार्टीले गरेको समझदारी तोडेकाले गठबन्धनबाट अलगिएको समेत उनले प्रष्ट्याए । बाम गठबन्धन निर्माणको गृहकार्य नपुगेको अनुभूति भएपछि पनि गठबन्धनबाट अलगिएको दाबी उनले गरे ।
कांग्रेस र बाम गठबन्धनसँग आफ्नो बराबरीको दूरी रहेको र काङ्ग्रेससँग गोरखा र रसुवामा चुनावी तालमेल मात्र भएको पनि उनले बताए । राज्य पुनःसंरचनाको मुद्दामा राजपा, फोरम र नयाँ शक्ति निकट रहेको भन्दै डा. भट्टराईले यी शक्तिहरूलाई नै मधेशी जनताले जिताउनेमा आफू विश्वस्त रहेको विश्वास प्रकट गरे ।

उनले भने– ‘सामाधान हुन सक्दैन । दीगो सामाधान सामनुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपतिको निर्वाचनबाट मात्र हुन सक्छ ।’
देशमा दिगो शान्ति नभएसम्म विकास र समृद्धि हुन नसक्ने भएकाले सोका लागि स्थिर सरकार आवश्यकता रहेकोमा जोड दिँदै उनले निर्वाचनपछि देशले स्पष्ट दिशाबोध गर्ने विश्वास प्रकट गरे ।
तपाईं जहिले पनि भागेर हिँड्नुहुन्छ नि भने सञ्चारकर्मीहरूको एक जिज्ञासामा डा. भट्टराईले जवाफ दिए– ‘डा. भट्टराई भागेर हिँड्दैन, जहिले पनि देशलाई सहि बाटो देखाउँछ, तर मेरो ‘भाषा’ नबुझ्नेले चाहिँ यस्तै भन्छ ।’
भाग्नु शब्दको नेपाली, हिन्दी र मैथिलीमा अर्थ सम्झाउँदै उनले प्रस्ट्याए– ‘नेपालीमा भाग्नुको अर्थ साथ छोडेर भाग्नु भन्ने हुन्छ भने हिन्दी र मैथिलीमा भाग्नुको अर्थ दौड्नु हुन्छ । भाग मिल्खा भाग जस्तै बाबुराम दौडिरहन्छ र बाटो देखाउँछ, तर नेपालीहरू मेरो भाषा नै बुझदैनन् । आफ्नै कारणले देशमा जनयुद्धबाट संघीय गणतन्त्र जस्तो परिवर्तन भएको दाबी गर्दै उनले ‘जनयुद्ध गर्नुपर्छ भनी आफूले भन्दा त्यतिबेला पनि मेरो कुरा कसैले पत्याउँदैनथ्यो तर मैले देखाएकै बाटो अन्ततः सही सावित भयो’ भने ।
डा. भट्टराईसँगै पार्टीको केन्द्रिय सदस्य समेत रहेकी चर्चित सिनेअभिनेत्री करिष्मा मानन्धर पनि सहभागी छिन् । राजविराज उनका श्रीमान विनोद मानन्धरको पुख्र्यौली गाउँ पनि हो ।
नयाँ शतिm पार्टीले सप्तरीमा प्रतिनिधिसभातर्फ क्षेत्र नं. १, ३ र ४ मा उम्मेदवारी दिएको छ । क्षेत्र नं.२ मा भने उम्मेदवारी फोरम अध्यक्ष उपेन्द्र यादवलाई सघाएको छ । यसैगरी प्रदेशसभातर्फ ८ वटै क्षेत्रमा उक्त पार्टीले उम्मेदवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको