राजविराज  । संयुक्त बाम गठबन्धनले कञ्चनरुप नगरपालिमा चुनावी प्रचार प्रसारलाई तिब्र बनाएको छ ।
बाम गठबन्धनका उम्मेदवारसहितका नेता, कार्यकर्ताहरुले शुक्रबार वडा नम्बर १२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार अशोक मण्डलले यस क्षेत्रको विकासका लागि जहिल्यै अगाडि रहने र गरिब, दुखीलाई प्राथमिकतामा राखेर यस क्षेत्रलाई नमूना बनाउने बताए ।
प्रदेश सभाका उम्मेदवार सत्यनारायण मण्डलले सदैव दुख दिने जंगली जनावरको न्यूनिकरण गर्न पहल गर्ने र बेरोजगारी समस्या समाधान गर्न उद्योग धन्दा सञ्चालनमा ल्याई यूवाहरुलाई रोजगारीको अवसर प्रदान गर्ने बताए ।
राजनीतिक समस्याको समाधान गर्न भूमिका निर्वाह गर्ने भन्दै दुबै उम्मेदवारहरुले विकासको गतीलाई तिब्रताका साथ अगाडि बढाउने प्रतिबद्धता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको