सप्तरी २५ मंसिर । २०७४ को प्रतिनिधी सभार र प्रदेशसभा निर्वाचनमा सप्तरीमा मधेबादी दलले वर्चस्व कायम गरेको छ ।
प्रतिनिधि र प्रदेशसभाको सबै नतिजा सार्वजनिक हुदा चार वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ १ ,२ र ३ मा मधेशवादी गठबन्धनका उम्मेदवारले र ४ मा नेपाली कांग्रेसले विजयी भएका छन् ।

क्षेत्र नं. १ मा डा. सुर्यनारायण यादव र २ मा फोरम अध्यक्ष उपेन्द्र यादव निर्वा्चित भएका छन् । यसैगरी, क्षेत्र नम्बर ३ मा राजपाका चन्द्रकान्त चौधरी र क्षेत्र नं.४ मा कांग्रेसका तेजुलाल चौधरी निर्वा्चित भएका छन् ।

डा.यादवले २१ हजार ७ सय १२ तथा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याई प्रतिनिधि सभा सदस्य पदमा स्थान पक्का गरेका छन् । यसैगरी, राजपाका चौधरीले २२ हजार ५ सय ८४ र कांग्रेसका चौधरी २४ हजार १ सय १३ मत प्राप्त गरी निर्वा्चित भएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नं.१‘क’ र ४(क) मा नेकपा एमालेले विजयी हासिल गरेका छन् । यसैगरी, १(ख), २(ख) र ३(ख) २(क) र ४(ख) मा मधेशी गठबन्धन विजयी भएका छन् । यसैगरी, ३(क) मा कांग्रेस विजयी भएका छन् ।

एमालेका सत्यनारायण मण्डलले क्षेत्र नं.१(क) मा ११ हजार ३ सय २ तथा गोविन्द न्यौपानेले क्षेत्र नं.४(क) मा १५ हजार ११३ मत ल्याई प्रदेशसभा सदस्य स्थान पक्का गरेका छन् । यसैगरी, राजपाका नवलकिशोर साहले १(ख) मा १३ हजार ६४७, मनिष सुमनले २(ख) मा ८ हजार ९३९ र विशेश्वर प्रसाद यादवले ३(ख) मा १० हजार ३ सय २८ मत प्राप्त गरी निर्वा्चित भएका छन् ।

यसैगरी, फोरमका शैलेन्द्र प्रसाद साहले २(क) मा १० हजार ५ सय ७७ र अभिषेक यादवले ४(ख) मा ९ हजार ५ मत प्राप्त गरी निर्वा्चित भएका छन् । कांग्रेसका मो. समिमले ३(क) मा ११ हजार ६ सय २८ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा सिट पक्का गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको