राजविराज १ पुस । संघीय सरकार गठनको तयारीसँगै प्रदेशसभाका मुख्यमन्त्री को बन्ने भन्ने दौड शुरु भएको छ ।
मुख्यमन्त्री बन्नको लागि मधेशबादी गठबन्धनका तर्फबाट निर्वा्चित सांसदहरुले गृहकार्य अगाडि बढाएका छन् । प्रदेश २ को प्रत्यक्षतर्फको ६४ मध्ये मधेसी गठबन्धनको ३५ सिट आएको छ । संघीय समाजवादी फोरमको २० र राजपाको १५ छ । एमालेको १२, कांग्रेसको ९, माओवादी केन्द्रको ७ र एक सिट स्वतन्त्रले ल्याएका छन् । फोरमले बढी सिट जितेकाले उसकै नेतृत्वमा सरकार बन्ने स्थिति छ । 

मुख्यमन्त्रीमा फोरमका उपाध्यक्ष लालबाबु राउत गद्दी, कोषाध्यक्ष विजय यादव, राजनिति समिति सदस्य शैलेन्द्र प्रसाद साहका साथै राजपाका महामन्त्रीहरू मनीष सुमन र जितेन्द्र सोनलको नाम चर्चामा छ ।
समानुपातिकका ४३ सिटमध्ये क्रमश कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, एमाले र माओवादी अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको