राजविराज २ पौष । सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ । यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ ।
सरकारले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको प्रशासनिक नेतृत्वको रूपमा प्रदेश प्रमुख सचिव रहने व्यवस्था गरेको छ । सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात वटै प्रदेशमा सचिव पठाउन लागेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार, प्रदेश प्रमुख सचिवका रुपमा हाल पाँच वटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै पठाउन लागिएको हो। बाँकी दुई सचिवलाई भने केन्द्रबाट पठाउन लागिएको बताइएको छ।

जस अनुसार प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह ,प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला,(कायममुकायम सचिवको जिम्मेवारी), प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल ,प्रदेश ५ मा बैकुण्ठ अर्याल (कायममुकायम सचिवको जिम्मेवारी) प्रदेश ६ मा सुरेश प्रधान प्रदेश ७ मा लक्ष्मीराज पौडेल पठाउने तयारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको