राजविराज । शम्भुनाथ मन्दीर क्षेत्र विकास समितिले माछा पाल्दै आएको पोखरीमा शम्भुनाथ नगरपालिका वडा नम्बर –३ का अध्यक्ष शत्रुधन प्रसाद चौधरीले जबजस्ती माछा मारेको प्रति समितिले आपति जनाएको छ ।
्समितिकको अध्यक्ष र कोषाध्यक्षले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मन्दीर विकासका लागि पालेको माछा जनप्रतिनिधीले मारेर लगेपछि आफुहरुलाई मन्दीर चलाउन समस्या भएको बताईएको छ ।
मन्दीर समितिलाई संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कायर्षलयमा दर्ता गराई काम काज गरिरहेकाले वडा अध्यक्षको हस्तक्षेप नचल्ने भन्दै विज्ञप्तीमा भनिएको छ । मन्दीमा चढाएको भेटी समेत लगि आफनो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिरहेको छ । वडा अध्यक्षलेनै यस्तो ज्यादती गरे पछि त्याहाका जनाता आक्रोशित बन्दै जिल्ला प्रशासन कायालय सप्तरी आएर वडा अध्यक्षलाई कार्वाहीको लागि पत्र दर्ता गराएको छ । प्रशासन कार्यालयले अध्यक्षलाई कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीलाई परिपत्र गरिसकेको , प्रशासकिय अधिकृत जनक कोइरालाले जानकारी दिए ।







