सप्तरी १८ पुष । पूर्ब पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनीमा ट्रयाक्टर दुर्घटना हुदा २० जना घाईते भएको छ ।
पुषी पुर्णिमाको उपलक्ष्यमा लाग्ने कोशी मेला बाट बोदेवर्साइन नगरपालिकाको धनगडी गइरहेका स १ त ३३ १८ नम्बरको दुर्त गतिमा गुडिरहेको ट्रयाक्टर एकासी रोडमा पल्टीदा ट्रयाक्टरमा सवार महिला , वालवालिका सहित २० जना घाईते भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाईएको छ ।
घाईतेहरुलाई उपचारका लागि सगमाथा अञ्चल अस्पताल राजजविारज लगिएको छ । घाईते मध्ये चार जनाको अवस्था चिन्ताजनाक रहेको इलाका प्रहरी कार्यालय रुपनीका प्रमूख ब्रह्मदेव साहले जानकारी दिनु भयो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रनमा लिई अनुसन्धान थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost







