नरुवा, १९ पुस । भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको सुनसरीमा अहिले निर्वाद रुपमा अवैध तस्करी फस्टाउदाँ नेपाल सरकारले पाउनु पर्ने लाखौं बढी राजश्व रकम मासिदै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी बिद्ययानन्द माझी र उनका सहयोगी प्रहरी निरिक्षक शेषकराम थान्दारको मिलोमतोमा अहिले सुनसरीमा अबैध तस्करी फस्टाएको छ । लत्ताकपडा, खाद्ययान्न, चौपाया, सुन, गाँजा जस्ता कारोबार अहिले सुनसरीको सिमा क्षेत्रमा निर्वाद भई रहेको फेला परेको हो ।
उदयपुर र सुनसरीमा अबैध रुपमा फस्टाएको गाँजा तस्करीको समेत अबैध कारोबारमा सुनसरी प्रहरीको संग्लनता रहेको आरोप लागेको छ । मुलुकसँगै सिमापारी भारतीय क्षेत्रमा समेत गाँजा तस्करीको मुख्य केन्द्र बिन्दु बन्दै आएको सुनसरी र उदयपुरमा यस पटक गाँजा फडानी अभियानमा समेत प्रहरी लागेनन् ।
प्रत्येक बर्ष गाँजा फडानीमा लाग्ने सुनसरी प्रहरी यस पटक फडानीमा नलाग्दाँ झण्डै ५ टन बढी गाँजाको खेती सुनसरीमा भई अन्यत्र तस्करी हुने तयारीमा रहेको छ । आखिरमा यस बर्ष सुनसरीमा किन गाँजा खेती तर्फ प्रहरीले चासो देखाएनन् । यो बिषय चर्चामा छ ।
गाँजासँगै सुनसरीमा अबैध माल समानको तस्करी समेत पछिल्लो समय बढेको छ । सुनसरीमा कार्यरत्त सुरक्षा निकायको मिलोमतोमा अबैध कारोवार अहिले फस्टाएको हो । खासगरी सुनसरीसँग भारतीय सिमा क्षेत्र जोडिएको बिभिन्न नाकाबाट भन्सार महसुल ठगी माल समान आयात गर्ने क्रम अहिले बढेको छ ।
स्रोतका अनुसार सुनसरी प्रहरीले निर्वाचनताका तस्करहरुलाई लाईन दिएपछी सुनसरीमा तस्करी फस्टाएको हो । यस बापत सुनसरी प्रहरी प्रमुख सहित सम्बन्धित नाकाका ईञ्चार्जहरु मोटो रकम असुल गर्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक माझी र प्रहरी निरिक्षक थान्दार लगायतका प्रहरी कर्मचारी र तस्करहरुको सेटिगंमा सुनसरीको विभिन्न नाकाबाट सुन, कपडा, गाँजा, गाईगोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन लगायतको ठुलो तस्करीको लाईन दिएको खुलेको हो ।
भारतसँग सीमा जोडिएका सुनसरीका विभिन्न नाकाबाट दैनिक लाखौं रुपैयाँ बराबरको सुन, कपडा, गाँजा, गाईगोरु, खाद्यान्न, मोटरपार्टस, भाडा, सुर्तीजन्य पदार्थ, सौन्दर्य प्रशाधन सिमेन्ट, चिनी, लत्ताकपडा लगायतका सामानहरू भन्सार छली गरी नेपाल भित्र्ने गरेका छन् ।
त्यस्तै, सुनसरीका प्रहरी प्रमुख माझीलाई जानकारी विना नै सिमा भेगमा रहेका प्रहरी चौकीको इन्चार्जहरुले समेत सानो तस्करलाई लाईन दिई रकम असुलीमा लागेका छन् ।
प्रहरी उपरिक्षक माझी र प्रहरी निरिक्षक थान्दारले ठूला तस्करलाई लाईन दिएपछि सोबाट हौसिएका सुनसरीका सिमा क्षेत्रका प्रहरी चौकीका इन्चार्जहरुले सानो तस्करलाई छुट्टै लाईन प्रदान गरी रकम असुलीमा व्यस्त भएका छन् ।
चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीले दिएको जानकारी अनुसार प्रहरी चौकीका ईञ्चार्जहरुले प्रहरी उपरिक्षक माझी र प्रहरी निरक्षक थान्दारले दिएको लाईनबाट आफुहरुले केही नभएकाले दुई पैसा कमाउन सानो तस्करलाई लाईन दिदा केही नबिग्रीने बताउने गरेका छन् ।
“एसपी र प्रहरी निरिक्षकले तस्करी गराउन हुने र आफुहरुलाई किन नहुने, हाम्रो पनि त खर्च छ, घर व्यवहार धान्नै पर्ने हुन्छ नि” प्रहरी चौकीका ईञ्चार्जहरुले भन्ने गरेको चौकीमै कार्यरत सुरक्षाकर्मीहरुले बताउने गरेका छन् ।
तस्करलाई मासिक मोटोर रकम नजराना बुझी कपडा र मोटरपार्टसको लाईन दिएको समाचार स्रोतको दावी रहेको छ । घुसखोर प्रवृतिका सुरक्षा अधिकारीको रुपमा प्रहरी संगठन भित्र पहिचान बनाएका सुनसरीका प्रहरी प्रमुख माझी र प्रहरी निरिक्षक थान्दारले यसबाहेक गाईगोरु, सुन, गाँजा तस्करीको लाईन समेत खोलेको स्रोतको दावी छ ।
प्रहरी संगठन भित्र रहेको भद्रगोल अवस्थाको फाइदा उठाउदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एस.पी बिद्यायान्द माझीले तस्करीको लाईनलाई सुरक्षित साथ संचालन गराउन प्रहरी निरिक्षक शेषकराम थान्दार र असई दिलिप चौधरीको कमाण्डमा खुलेयाम रुपमा तस्करी संचालन गरी रहेको स्रोतको भनाई छ ।
एसपीको निर्देशनमा प्रदान गरिएको ठुलो तस्करीको लाईनलाई सुरक्षा प्रदान गर्न मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ । सुनसरीको भाण्टाबारी, बसन्तपुर, घुस्की, देवानगंज नाकाबाट हुने तस्करीको लाईनमा हुन सकिने बाधा व्यवधानलाई न्युन गर्नु जिम्मेवारी साथ चौकीको इन्चार्जलाई प्रहरी उपरिक्षक माझीले असई दिलिप चौधरीलाई निर्देशन दिइएको छ ।
असई चौधरीलाई सुनसरीको अधिकाँश चौकिको नेतृत्व दिएकोले सुनसरी प्रहरी संगठन भित्र एसपी विरुद्ध जुनियर अधिकृतहरुमा आक्रोश रहेको स्रोतले बताएको छ । सुनसरीमा प्रहरीको संरक्षणमा दिन दहाडै खुलेयाम रुपमा तस्करी भैरहेको छ । सुनसरीको मुख्य नाकासहित अन्य नाका हुँदै तस्करीको कारोबार भैरहेको हो ।
इलेक्ट्रोनिक्स, किराना, सुकमेल तथा पशुपंक्षीको तस्करी भैइरहेको भएपनि स्थानीय प्रहरी नियन्त्रण गर्न सकिरहेको छैन । सुनसरीको हरिपुर, श्रीपुर, बसन्तपुर, घुस्की, र देवानगंज नाका हुँदै विभिन्न किसिमका समानहरुको तस्करी भैइरहेको हो ।
हरिपुर, श्रीपुर, लौकही र नरसिंह नाकावाट गाइ गोरु र सुनको बढी तस्करी भइरहेको स्थानीय बासिन्दाहरु बताउँछन् । जिल्लाको पश्चिमी नाकाबाट अहिले व्यापक रुपमा अझै पनि तस्करी भइरहेको पाइएको छ । जिल्लाको बिन्नि नाका हुदै भारतीय मलखाद खुला रुपमा तस्करी भईरहेको छ तर पनि प्रहरी प्रशासन मौन रहेको पाईएको छ ।
तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको फाईदा उठाउदै भारतको बिरपुर, भिमनगर, बसमतिया र फुलकहा लगायतको बजारहरुबाट खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर सुनसरीको सदरमुकाम इनरुवा, झुम्का, ईटहरी र दुहवी लगायतका प्रमुख बजारहरुमा लाखौं लाख मुल्य बराबरको पुर्याई रहेका छन् ।
नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर खुल्याम तस्करी गरिरहेको छ । अहिले खेतमा लगाईएको गहुँमा खाध र युरिया छर्न किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा गहुँ, मकैमा छर्नको लागि किसालाई मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाद्य पाईदैन र भारतमा सस्तो मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै मलखाधको तस्करी गरिरहेको स्रोतले बताए ।
भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित रहेको प्रहरीलाई मोटो रकम दिई खुलेआम भारतबाट भारतीय मलहरु नेपाल भित्र्याउन सफल भैइरहेका छन् । सुनसरीको सिमा नाकाबाट केहि समय यता तस्करीका घटनामा बृद्धि भएको छ ।
इनरुवाका एक ब्यापारीले प्रहरीकै मिलोमतोमा आफुहरु को सामान सुरक्षित रुपमा इनरुवा बजार सम्म आउने गरेको बताए । उनले भारतको बिभिन्न ठाँउबाट साइकलमा आफुहरुको माल समान आउने गरेको र त्यसबापत प्रहरीले मासिक रुपमा रकम उठाउने गरेको बताए । यसरी सामान ओसारपसारमा संलग्न ब्यक्तिसंग प्रहरीले मोटो रकम असुल्ने गरेको स्रोतको दाबी छ ।
सीमा क्षेत्रबाट हुने अवैध माल समानको तस्करी रोक्न सक्रिय निकाय नै भ्रष्ट भएपछि अहिले तस्करीको अवैध माल सुनसरीका सुरक्षाकर्मीहरुका लागि मालामाल बन्ने साधन बन्न पुगेको छ ।
सुनसरीको श्रीपुर स्थितमा व्यापक रुपमा तस्कारहरुको संख्या बढेको पाईन्छ । नेपाल प्रहरीको मिलोमतोमा दर्जनौ तस्कारहरुले गाँजा, मदिरा, सुपारी लगायतको मालसमान प्रहरीले दिएको लाईनबाट भारत तर्फ लाने् गरेको पाइएको छ ।
नेपाल भारत बिच रहेको विभिन्न सिमा नाका मध्ये सुनसरीको लौकही पनि प्रमुख नाका हो । भारतको बसमतिया बजारबाट खरिद गरि ल्याएका भारतीय समानहरुको भन्सार नै नकटाई खुलेआम लौकही र श्रीपुर नाकाको प्रयोग गर्दै नेपाल भित्राउने गरेको समाचार स्रोतको दाबी रहेको छ ।







