राजविराज । बेल्हीचपेना गाउँपालिकाको कार्यालयले खरिद गरेको ५२ लाखको समान गायब भएको छ ।
आ।बा २०७३÷०७४ मा कार्यालय परियोजका लागि सोफा सेट, कुर्सी, कम्प्युटर, डेवल, दराज प्रिन्टर लगागतको खरिद गरेको समान कार्यालय बाट गायव भए पछि त्यहाका वडा अध्यक्षहरुमा खुलदुली मच्चेको छ ।
गत वर्ष विना टेन्डर खरिद गरेको समान कार्यालयमा नरहदा कामकाज गर्न समेत समस्या भइरहेको छ । गाउँपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र यादव सँग यस सम्बन्धमा सोधखोज गर्दा सो समान आफुलाई बरबुझारथ नगरेको र सो सामान समेत कार्यालयमा नदेखेपछि आफु समानको खोजी कार्य तिब्र बनाएको बताए । समानलाई खोजी गर्दा गत वर्ष रहेको कार्यकारी अधिकृतले गाउँपालिकाको अध्यक्षको घरमा सो सामान राखेको कार्यालयलाई जानकारी दिएको उनले बताए ।
अधिकृतका अनुसार गाउँपालिकाको कार्यालय सुरक्षित नहुदा समान अध्यक्षको घरमा सुरक्षित राखिएको बताए । सो गाउँपालिकामा कार्यालय तथा वडा कार्यालयहरुमा वाईफाई जडान गर्ने निर्णय भई बजेट समेत निकासा भइसक्दा पनि सम्पूर्ण वडाहरुमा वाइफाई जडान नभएको बताइएको छ ।
यस्तै जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा समान खरिद प्रक्रिया जारी रहेको तर समानको अतो पतो नरहदा जनताको ढुकुटीबाट पैसा सिध्याउने काम मात्र भइरहेको स्थानीय रामकुमार यादवले बताए । अध्यक्ष तथा मेयरहरुका मनपरीका कारण जनता दुख पाइरहेको स्थानीय बुद्धिजिवी कलिया देवी साहले बताए । सप्तरीमा १८ वटा स्थानीय तह रहे पनि कुनै पनि स्थानीय तहमा विकासीय कामहरु सुरु हुन सकेको अवस्था छैन ।







