काठमाडौं- राजनीतिक सहमति जुट्न नसकेपछि सरकारले तत्काल प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ।

प्रदेश राजधानीको माग गर्दै मुलुकका विभिन्न स्थानमा आन्दोलन चर्किन थालेपछि त्यसले थप जटिलता निम्त्याउँने भन्दै वर्तमान सरकारले अस्थायी राजधानीको विषयमा निर्णय नगर्ने भएको हो।

मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले राष्ट्रियसभाको मिति तोके पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा कुनै निर्णय गरेन।

वाणिज्य मन्त्री मीन विश्वकर्माले नेपाल लाइभसँग कुरा गर्दै अहिले नै प्रदेशको राजधानी तोक्दा थप विवाद उत्पन्न हुने र त्यसले सत्ता हस्तान्तरणमा समस्या पर्ने भएकाले सरकारले अस्थायी राजधानीको विषयमा निर्णय नगरेको बताए।

‘अस्थायी राजधानी तोक्ने विषयले मुलुकका विभिन्न स्थानमा आन्दोलन चर्कने र सत्ता हस्तान्तरणमा थप समस्या पर्ने देखियो,’ मन्त्री विश्वकर्माले भने, ‘सरकार सत्ता लम्ब्याउने पक्षमा छैन, त्यसैले तत्काल अस्थायी राजधानी नतोकौं भन्ने छ।’

प्रदेश प्रमुख नियुक्ति चाँडै
राजनीतिक सहमति जुट्न नसकेपछि सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी थालेको छ। प्रचलित संविधान र कानुन अनुसार प्रदेश प्रमुख तोक्ने विषयमा निर्णय गर्न एमाले र माओवादीले आग्रह गरेपछि सरकारलाई प्रदेश प्रमुख नियुक्तिको तयारी थालेको हो।

आन्तरिक छलफलपछि पर्सि सोमबारसम्म प्रदेश प्रमुख नियुक्त गर्नेगरी सरकारले तयारी थालेको छ। त्यसको सात दिनभित्र निर्वाचन आयोगले प्रदेशसभामा निर्वाचित भएका सदस्यको नामावली प्रदेश प्रमुखलाई बुझाउनेछ। प्रदेश प्रमुख र निर्वाचन आयोगको आपसी सहमतिमा प्रदेशसभाको अस्थायी बैठक राखिनेछ।

स्रोतका अनुसार सातवटै प्रदेशसभाको बैठक र सपथ ग्रहण कार्यक्रम काठमाडौंमा गर्ने र सोही बैठकले प्रदेश राजधानीको विषयमा निर्णय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको