काठमाडौं, २५ पुस । दुई हप्ते मध्य र सुदूरपश्चिमको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह एका एक दाङबाट नेपालगञ्ज पुगे र बोर्डर रुपैडियासम्म नेपाली प्रहरीको सुरक्षामा र त्यहाँबाट उत्तरप्रदेश सरकार अर्थात मुख्यमन्त्रीको विशेष सुरक्षा दस्ताको स्कर्टिङमा लखनैं हान्निए ।
पूर्वराजालाई स्वयम् मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत र सत्कार गरे । सोमवारे यो भेटघाटका बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जानकारी दिइयो, टेलिफोन वार्ता पनि गराइयो र नेपालका प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री ओलीलाई पनि यस घटनाका बारेमा जानकारी पु¥याइयो ।
उत्तर प्रदेशका मुख्य मन्त्री योगीले पूर्वराजाको आतिथ्य खुलेर गरेका थिए । दोसल्ला ओढाएर हिन्दुराजाको जय होस् भनेका थिए र नेपाल छिटै हिन्दुराष्ट्र बन्ने खुशीयाली प्रकट गरेका थिए ।
त्यसपछि पौनेघण्टा पूर्वराजा र मुख्यमन्त्री योगीवीचको वार्ता के भयो, कसैले चाल पाएन । तर स्रोतहरु भन्छन्– नेपाल हिन्दुराष्ट्र बनाउन र नेपालमा राजतन्त्र पुनस्र्थापित गर्न पूर्वराजाले समर्थन खोजेका थिए र भारत सकारात्मक भएको थियो ।
नरोदम सिंहानुक अपदस्त भएपछि चीनमा पुगेका थिए, चीनको सक्रियतामा उनको पुनस्थापित सम्भव भएको थियो । के भारतले नेपालमा हिन्दुराजा पुनस्र्थापित गर्न कम्मर कसेको संकेत हो त यो ? विश्लेषण सुरु भएको छ र क्रिश्चियनहरु रोक्नका लागि सगबगाएको देखिन थालेको छ ।







