राजविराज २५ पुस । कागज किर्ते गर्ने एक कर्मचारीलाई सप्तरी प्रहरीले मंगलवार पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय रुपनीको टोलीले मालपोेत कार्यालय सुनसरीमा कार्यरत सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ स्थित अमिन चन्देश्वर मंडललाई पक्राउ गरिएको रुपनीका प्रहरी कार्यालयका प्रमूख ब्रह्मदेव साहले जानकारी दिएका छन् ।
सुनसरी प्रहरी कार्यालयमा सरकारी कागजात र स्टाम किर्ते गरेकोे मुद्दा दर्ता भए अनुसार घर आएकोेबेला सप्तरी प्रहरीले पक्राउ गरिएकोे प्रमूख साहले जानकारी दिए । पक्राउ गरिएकोे मंडललाई अनुसन्धानका लागि सुनसरी प्रहरीलाई जिम्मा लगाईएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost







