राजविराज २५ पुष । श्री राम जानकी जनता माध्यमिक बिद्यालय बेल्ही चपेनाको दुई कोठे भवन निर्माण कार्यको लागत सार्वजानिक गरेका छन् ।
विद्यालयको दुई कोठे भवन निर्माणका लागि कुल खर्च रकम ३६ लाख ९१ हजार ४ सय १९ रुपैया खर्च भएको जनाईएको छ । जसमध्ये सि.डि.पि. अन्तर्गत कार्यक्रम आर.आर.एन. को सहयोगमा रु. २९ लाख १५ हजार ८९ रुपैया, विद्यालयको सहयोग रु. ६० हजार, साविकको गाउँ विकास समिति बेल्ही चपेनाबाट सहयोग रु. ७२ हजार र जनश्रमदान वापत रु. ५५ हजार ९ सय ६० रुपैया जम्मा गरी ३१ लाख ३ हजार ९ सय ४९ रुपैया उक्त भवनको लागत इस्टिमेट रहेको उपभोक्ता समितका अध्यक्ष काशीराम मण्डलले बताए ।
लागत रकम भन्दा ६ लाख ७७ हजार ४ सय ७० रुपैया बढी खर्च भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मण्डलले जानकारी दिए । लागत इस्टिमेट भन्दा बढी निर्माण कार्य भएकोले लागत रकम बढेको प्राविधिक देव कुमार साहले बताए ।
दुई कोठे भवन निर्माणको लागत रकम बढी खर्च भएकाले उपभोक्ता समिति मारमा परेकाले गाउँपालिकाको बजेटबाट बाँकी रकम उपलब्ध गराउँन पहल गर्न स्थानीय बासीहरुको भनाई छ । विद्यलयको भवन निर्माण वाट त्यहाका विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा लाभ हुने देदिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको