सप्तरी २९ पुस । दुई सातादेखि बढेको जाडो र शितलहरका कारण शनिबार सप्तरीमा दुई वर्षे बालकसहित थप २ जनाको मृत्यु भएको छ । यो जिल्लामा पछिल्लो २ हप्तामा शितलहरका कारण मर्नेको संख्या २७ पुगेको छ । जिल्ला प्रहरीका डिएसपी धु्रवकुमार श्रेष्ठका अनुसार आज साझ रुपनी गाउँपालिका ८ रायपुरका २ वर्षीय बालक शिवम् पासमानको चिसोका कारण मृत्यु भएको छ । पासमानको परिवार अति विपन्न छ । यस्तै डाकनेश्वरी नगरपालिका ८ की सुगावतीदेवी सरदारको जाडोका कारण कठयाग्रिंएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको