राजविराज, ०१ माघ । माडवारी समुदायले गरिव असहाय र १ हजार भन्दा वढि साधु सन्तलाई भोजन र न्यानो कम्वल वितरण गरेर माघे सक्रान्ति पर्व मनाएका छन् ।
नेपाल अग्रवाल सेवा समिति सप्तरी राजविराजले सोमवार राम मन्दिर प्रांगणमा १ हजार २१ जना गरिव असहाय र साधु सन्तलाई निशुल्क भोजन र ति मध्येका अति विपन्न ५ सय जनालाई कम्वल वितरण गरेर पर्व मनाएका हुन् ।
माघे संक्रान्तिमा गरिव असहायलाई सहयोग गरे ठुलो पुण्य मिल्ने मान्यता अनुसार प्रत्येक वर्ष समितिले सो दिन पारेर यस्तो कार्यक्रम गर्दै आएको अध्यक्ष मनोजकुमार अग्रवालले वताए । भोजनमा पुरी, तरकारी र मिठाई सँगै सख्खर र तिलका परिकार समेत समावेश गरिएको सचिव सुमित खेतानले वताए । उनले भने–‘माघे संक्रान्तिमा यस्ता पदार्थ खानुको अर्थ चिसोले कठ्याङ्ग्रीएको शरिरलाई उष्णता प्रदान गर्नु हो ।’
माडवारी समुदायले पनि महत्वका साथ मनाउने संक्रान्ति पर्व मनाउन आर्थिक अवस्था कमजोर भएकालाई पनि सहयोग पुगोस भन्ने उदेश्यले अपाङ्ग, गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला र साधुसन्तलाई लक्षित गरी प्रत्येक वर्ष संक्रान्तिका दिन यस्तो कार्यक्रम आयोजना गरिदै आएको माडवारी सेवा समितिका अध्यक्ष सुरेषकुमार रुंगटाले वताए ।
दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु न्यानो कपडाको अभावले जाडोमा सकस खेप्दै आएकाहरुको छनौट गरी भोजनसँग कम्वल वितरण पनि गरिएको समितिका उपाध्यक्ष श्याम अग्रवालले वताए । भोजनसँगै कम्वल पनि निशुल्क पाएपछि न्यानो अनुभव गर्दै फर्कदै गरेकाहरु समितिको यो कामलाई सह्रानिय काम भएको भन्दै धन्यवाद दिदै थिए ।
भोजन तथा कम्वल वितरण कार्यक्रमलाई ब्यवस्थित गर्न माडवारी महिला मञ्च, माडवारी युवा मञ्च, सामुदायिक प्रहरी सेवा मञ्च, विश्व हिन्दु परिषद, माडवारी सेवा समिति लगायतका संघसंस्थाले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको