राजविराज , १ माघ । रुपनी गाउँपालिका वडा नम्बर– १ मा शुक्रबार राति आगलागिबाट जलेर नष्ट भएका घरहरुलाई नेपाल प्रहरीले निर्माण थालेको छ ।
अत्यधिक चिसोका कारण बालेको आगो वाट अचानक आगलागी हुदा स्थानिय राजोदेबी यादवको तिन वटा घर जलेर खरानी हुदा , इलाका प्रहरी कार्यालय रुपनीको सक्रियतामा घर निर्माण सुरु गरेको हो ।
ईलाका प्रहरी प्रमूख बह्मदेब साहका अनुसार आगलागि पछि चिसोमा सुतने ठाउँ नभएका कारण स्थानिय स्तरबाट निर्माण समाग्री जुटाएर पिडितको घर निर्माण गर्न लागिएको बताए । आगलागिबाट तिन वटा घरमा रहेको करिव १० लाखको खद्यान , लताकपडा लगायतको सामान जलेर नष्ट भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको